मतदातालाई मत बदर हुने चिन्ता

-गोल्डेन बुढा
यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान कसरी गर्ने भन्नेमा जुम्लाका मतदाता अन्योलमा छन् । निर्वाचन आयोगले समयमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्दा मतदातामा मत बदर हुने चिन्ता बढेको छ ।
जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार २०७४ सालको प्रदेशसभा निर्वाचनमा जुम्लामा ५९ हजार ९ सय ५ मतदाता रहेकोमा ४१ हजार ४ सय ५९ मत खसेको थियो । त्यसमध्ये ३९ हजार ९ सय ७ मतमात्र सदर भएको थियो । त्यतिबेला १ हजार ५ सय ५२ मत बदर भएको थियोे । यस्तै प्रतिनिधिसभा निर्वाचनमा १ हजार ७ सय २५ मत बदर भएको थियो ।
आसन्न निर्वाचन नजिकै आइसके पनि मतदान कसरी गर्ने भनेर आफूहरुलाई कसैले नसिकाएका कारण मत बदर हुने हो कि भन्ने डर रहेको चन्दननाथ नगरपालिका वडा नम्बर ४ का कमला थापा (बुढा )बताउँछिन् । ‘मतदान कसरी गर्ने, कति मतपत्र हुन्छ भन्नेबारे हामी अलमलमा छौँ,’ उनले भनिन्, ‘मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा मतदान गर्ने तरिकाबारे थाहा हुन सकेको छैन ।’
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा समेत मतदाता शिक्षा सञ्चालन हुन सकेको थिएन । यही कात्तिक १८ देखि मंसिर १ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले बताए । मतदाता शिक्षा कार्यक्रम समुदायस्तरमै सञ्चालन गरिएको जनाउँदै उनले त्यसका लागि प्रत्येक वडामा कम्तीमा एक जना महिला स्वयंसेवक खटाइएको बताए ।
कम्तीमा १० कक्षा पास भएका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्बन्धित स्थानीय तहले नियुक्त गरेर समुदायस्तरमै गएर मतदातालाई मतदान गर्ने तरिका सिकाउने भनेर आयोगबाट निर्देशन आएको निर्वाचन अधिकारी शर्माको भनाइ छ ।
जुम्लामा ६० वडा छन् । प्रत्येक वडामा १–१ जना गरी ६० जना महिला स्वयंसेविकालाई मतदाता शिक्षा कार्यक्रमका लागि परिचालन गरेको जनाइएको छ । तर गाउँगाउँमा कयौं मतदाता आफूहरूलाई मतदानका लागि सिकाउन कोही नआएको बताउँछन् ।
जुम्लामा ६८ हजार ६ सय ३८ मतदाता छन् । प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र ‘क’ मा पुरुष १८ हजार ८ सय ७८, महिला १७ हजार ९ सय ५ गरी जम्मा ३६ हजार सात सय ८३ मतदाता छन् । यस्तै प्रदेशसभा क्षेत्र ‘ख’ मा पुरुष १६ हजार ८ सय २२ र महिला १५ हजार ३३ गरी जम्मा ३१ हजार ८ सय ५५ मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम हमला : अब नेपाल पनि सचेत रहनुपर्ने वेला आयो
-
भारतद्वारा पाकिस्तानीलाई मेडिकल भिसा पनि बन्द
-
राप्रपा नेपालले वैशाख १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने
-
अमेरिकाबाट डिपोर्ट भई नेपाल आएका चार भुटानी शरणार्थीलाई बन्दीगृहमा नराख्नू : सर्वोच्च अदालत
-
पहलगाम आक्रमणकारीहरूको तस्बिर सार्वजनिक, पुरस्कार घोषणा
-
शिक्षकका समस्या वार्ताबाट समाधान गर्छु : नवनियुक्त शिक्षामन्त्री पन्त