राहुल गान्धीको कार्यक्रममा जब बज्यो नेपाली राष्ट्रिय गीत

भारतीय कांग्रेसका नेता राहुल गान्धी अचेल ‘भारत जोडो यात्रा’ अभियानमा छन् । उनी भारतका विभिन्न स्थानमा यो अभियान सञ्चालन गरिरहेका छन् । यसै क्रममा बुधबार महाराष्ट्रको वासिम भन्ने स्थानमा सो अभियान अन्तर्गत आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय गीत बजाइएको भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
भिडियोमा राहुल गान्धीले कार्यक्रममा राष्ट्रिय गीत बजाउनका लागि निर्देशन दिन्छन् । तर लगत्तै नेपाली राष्ट्रिय गीत बज्छ । त्यसपछि मञ्चमा आसिन राहुल गान्धीसहित अतिथिहरु अक्क न बक्क हुन्छन् । उनीहरुले राष्ट्रिय गीत बजाउन भन्दै फेरि निर्देशन दिन्छन् ।
त्यसपछि भने भारतको राष्ट्रिय गीत बज्न थाल्छ । राहुल गान्धीको कार्यक्रममा नेपाली राष्ट्रिय गीत कसरी बज्न पुग्यो भन्नेबारे औपचारिक रुपमा केही खुलाइएको छैन । यद्यपि यो विषयले अहिले सामाजिक सञ्जालमा भने निकै चर्चा पाएको छ ।
Congress party can fail Rahul Gandhi even with his Audience Poll lifeline in KBC. pic.twitter.com/9IbCxqPNhZ
— Yo Yo Funny Singh (@moronhumor) November 16, 2022
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
२०८१ को अन्तिम सूर्यास्त [तस्बिरहरु]
-
नयाँ वर्षको अवसरमा भूतपूर्व राजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशको पूर्णपाठ
-
सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु
-
निलम्बित न्यायाधीश भुवन गिरीले पाए सफाइ
-
पुनरुत्थानवादीलाई मसानघाटमा पुर्याउन पछि पर्दैनौँ : लक्ष्मण पन्त