बागमती प्रदेशका १३ जिल्लामा ३४ लाख ७१ हजारले मतदान गर्ने
बिहीबार, ०१ मङ्सिर २०७९, ११ : ५२

बागमती प्रदेशको काठमाडौं उपात्यकालगायत १३ वटै जिल्लामा यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कुल ३४ लाख ७१ हजार सात सय ९२ मतदाताले मत दिने भएका छन् ।
तीमध्ये महिला १७ लाख ३७ हजार तीन सय ७८ र पुरुष १७ लाख ३८ हजार ८७ मतदाता रहेको मकवानपुरस्थित बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । ती मतदाताका लागि जम्मा चार हजार एक सय ४३ वटा मतदान केन्द्र कायम गरिएको छ ।
काठमाडौं उपत्यकालगायत १३ वटै जिल्लामा अस्थायी मतदाता रहेकाले उनीहरूलाई आवश्यकताअनुसार छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको र ती मतदान केन्द्रमध्ये कारागारमा रहेका कैदीबन्दी, तेस्रो लिङ्गी समुदाय र निजामती कर्मचारीलाई समानुपातिक सांसदको निर्वाचनमा मात्र मतदान गर्ने अवसर दिलाइएको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख अधिकृत लुम्बनाथ पोखरेलले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति
-
४० करोड अमेरिकी डलरको तयारी पोसाक निर्यात गर्ने उद्योग कसरी बन्द हुन पुगे ?
-
विश्व पृथ्वी दिवसको अवसरमा वर्ल्डलिंक बौद्ध शाखाद्वारा वृक्षारोपण
-
संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री आज नेपाल आउँदै
-
अष्टलक्ष्मी शाक्यको प्रश्न, ‘विद्या भट्टराईलाई किन सहयोग भएन ?’
-
ट्रम्पले फेड अध्यक्षलाई गाली गरेपछि अमेरिकी शेयर बजारमा पहिरो, घट्यो डलरको भाउ