बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

म्यानमारको सेनाद्वारा पूर्व बेलायती राजदूत विक्की बोमनसहित ६ हजार कैदी रिहा

बिहीबार, ०१ मङ्सिर २०७९, ११ : ४८
बिहीबार, ०१ मङ्सिर २०७९

म्यानमारको सेनाले बिहीबार विदेशी नागरिकसहित ६ हजार कैदीलाई रिहा गरेको छ ।

पूर्व बेलायती राजदूत विकी बोमन, जापानी पत्रकार तोरु कुबोटा र आङ सान सुकीको अपदस्थ सरकारका अष्ट्रेलियाली सल्लाहकार सन टर्नेललाई रिहा गरिएको एक शीर्ष सेना अधिकारीले एएफपी समाचार एजेन्सीलाई जानकारी दिएको छ ।

सन् २००२ देखि २००६ सम्म राजदूत रहेकी बोमनलाई अगस्टमा श्रीमान्‌सहित हिरासतमा लिइएको थियो । उनी विदेशी नागरिक दर्ता कागजातमा रहेको ठेगानाभन्दा फरक ठेगानामा बस्दै थिइन् । र, उनले यसबारे जानकारीसमेत दिएकी थिइनन् ।

बोमनलाई पतिसँगै प्रारम्भिक हिरासतमा राखेर जेल पठाइएको थियो ।​ बोमनका पति टान लिन, एक प्रसिद्ध कलाकार, बोमनसँगै रिहा भए ।

एएफपी  एक पत्रकारले भने, 'यो घोषणा पछि, याङ्गुनको इन्सेन जेल बाहिर रिहा भएकाहरुका आफन्तहरु भेला हुन थालेका छन् ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप