विप्लवले समूहले भन्यो– बम विस्फोटमा हाम्रो पार्टीको संलग्नता छैन
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशका विभिन्न ठाउँमा भइरहेको बम विस्फोटमा पार्टीको संलग्नता नभएको बताएको छ । पार्टी कार्यालय सचिव चिरञ्जीवी ढकालले रातोपाटीसँग कुरा गर्दै चुनाव बहिष्कारका नाममा बम फिस्फोटमा पार्टी नेता कार्यकर्ता कुनै सहभागी नभएको स्पष्ट पारेका हुन् ।
‘अहिले बम विस्फोटका विषयमा पार्टीले आधिकारिक धारणा बनाएको छैन । बम विस्फोटमा पार्टीका कुनै नेता कार्यकर्ताको संलग्नता छैन । बरु जनताले चुनाव बहिष्कार गरेको हुनसक्छ । ’ रातोपाटीसँग कुरा गर्दै ढकालले भने– ‘अहिले सत्ता गठबन्धन र विपक्षबीच द्धन्द्ध चलिराखेको छ । उहाँहरूबीच ढुंगा मुढा गर्ने गाडीमा तोडफोड गर्ने चलिराख्या छ । पार्टीको स्पष्ट नीति छ । शान्तिपूर्ण ढंगले जनताको सहभागितामा बहिष्कारका कार्यक्रम सञ्चालन गर्ने भन्नेछ ।’
पार्टीको नीति भन्दा बाहिर गएर कुनै गतिविधि नगर्न निर्देशन दिइसकेको ढकालले बताए । ‘अहिले हाम्रो अभियान शान्तिपूर्ण र जन समुदायलाई कन्भिन्स गरेर घरदैलो मार्फत भोट नहाल्न अपिल गर्ने मात्रै हो । त्यो हामीले शान्तिपूर्ण रुपमा जनताको घरमा गएर आह्वान गरी रहेका छौं । अरू आमसभा मार्फत पनि भोट नहाल्न अपिल गरी रहेका छौ’ ढकालले भने । तर, नेपाल प्रहरीले भने भोजपुर, दोलखा र बाँकेको नेपालगन्जमा भएको बम विस्फोटमा विप्लव समूहको संलग्नता भएको हुनसक्ने आकलन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडामा ९ जना सम्मानित
-
नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको अध्यक्षमा पाण्डे
-
ब्याडमिन्टन सङ्घ कञ्चनपुरको अध्यक्षमा भट्ट
-
अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक
-
भारतमा हुने निर्वाचनका कारण रेलसेवा तीन दिन बन्द हुने
-
राष्ट्रिय संगीतकर्मी संघको महाधिवशेन २८ र २९ वैशाखमा