शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

‘केटी को’मा नेपाली दर्शक नाच्दा अनुपम खेर खुशी

बिहीबार, ०१ मङ्सिर २०७९, १० : २७
बिहीबार, ०१ मङ्सिर २०७९

सुरज बडजात्याको निर्देशनमा बनेको मल्टीस्टारर फिल्म ‘उचाइ’ यतिबेला भारतसँगै नेपालमा पनि प्रदर्शन भइरहेको छ । अमिताभ बच्चन, बोमन ईरानी, अनुपम खेर र डेनी डोन्जोंग्पा, नीना गुप्ता, परिणिती चोपडाको प्रमुख भूमिकामा अभिनय रहेको फिल्मले नेपालमा पनि राम्रो व्यापार गरिरहेको छ ।

फिल्मले काठमाडौंको नयाँवानेश्वरस्थित वान सिनेमाजमा केही दिनअघि भीआइपी शो गरेको थियो । त्यो शोमा फिल्मको ‘केटी को’ बोलको गीतमा ढाका टोपी लगाएका दर्शक पर्दामा गीत बज्दा नाँचेका थिए । त्यसको भिडियो सामाजिक सञ्जालमा निकै रुचाइएको थियो ।

त्यही भिडियोलाई अभिनेता अनुपम खेरले आफ्नो अफिसियल ट्वीटर हेण्डलमा शेयर गरेका छन् । उनले नेपाली दर्शकप्रति आभार पनि व्यक्त गरेका छन् । यो फिल्मले नेपाल र भारतमा राम्रो व्यापार गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप