आइडिया स्टुडियो सिजन ७ सुरु
आइडिया स्टुडियो नेपालले ‘आइडिया स्टुडियो सिजन ७’ का लागि आवेदन खुला गरेको छ । आइडिया स्टुडियो नेपालले आनन्द पशुपति होटल तिलगंगामा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘आइडिया स्टुडियो सिजन ७’ को लागि आवेदन खुलाएको हो ।
आइडिया स्टुडियो नेपाल सिजन ६ सम्म ४५०० भन्दा बढी नवीन विचारहरुको आवेदन प्राप्त भएको थियो । त्यस मध्ये ३५० भन्दा बढी व्यवसायहरु इन्क्युबेट भइसकेका छन् । आइडिया स्टुडियो नेपालबाट इन्क्युबेट भएका व्यवसायहरु मध्ये ६५ भन्दा बढि व्यवसायहरु सफलतापूर्वक संचालनमा रहेका छन् ।
आइडिया स्टुडियो नेपालले आफ्नो हरेक सिजनमा नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने, सामाजिक रुपान्तरणमा योगदान पुर्याउने, प्रविधि सम्वद्ध तथा हरियाली र पर्यावरण प्रवर्धन गर्ने व्यवसायिक आइडियाहरुलाई विशेष प्राथमिकता दिदै सोहि विचारहरुलाई उत्कृष्ट बनाउन सर–सल्लाह ,व्यवसायीक संजाल, इन्क्युबेसन कार्यक्रम , मेन्टरशिप , रियालिटी टिभी सो साथ साथै वित्तीय पहुँचका लागी सहजिकरण गराउन मद्दत पुर्याउँदै आएको छ ।
हाल सम्म आइडिया स्टुडियो नेपालले आफ्नो विभिन्न कार्यक्रमको मार्फतबाट देशको ७ वटै प्रदेशमा १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिहरूको व्यापक सहभागिता जुटाउन सफल भएको छ ।
उक्त आइडिया स्टुडियो सिजन ७को पत्रकार सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वल्र्ड वाईल्ड लाइफ फण्ड नेपालका देश प्रतिनिधि डा.घन श्याम गुरुङ, आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा, शिलापत्रका सहसंस्थापक, अध्यक्ष डा. सुरेश सिम्खडा, स्पेस ४ केका एम.डी प्रभात चलौने , नेपाल इलेक्ट्रोनिक भुक्तानी प्रणाली का सि.इ.ओ सन्जिब सुब्बा , सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव हरि ज्ञवाली र काठमाडौं मोडल कलेजका प्रध्यापक सुरेन्द्र सुबेदीले आफ्ना मन्तब्य राखेका थिए ।
आइडिया स्टुडियो सिजन ७ मा सहभागी हुन चाहाने इच्छुक व्यक्तिहरूले पुस १७ गतेसम्ममा आवेदन दिइसक्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या