बनाउँदै गरेको बम कोठामै विस्फोट, विप्लवका दुई कार्यकर्ता घाइते

नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बम विष्फोट भएको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा बम बनाउने क्रममा विष्फोट भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।
उनकाअनुसार कोठाभित्र बम बनाउँदै गर्दा प्रहरीले थाहा पाएपछि हतपत भाग्न खोज्दा प्रेसर कुकर बम विष्फोट भएको थियो। सो क्रममा क्षेत्री र धर्म बडुवाल घाइते भएका छन्। बडुवालको अवस्था गम्भीर रहेको छ।
घाइते दुवैजनाको भेरी अस्पतालमा उपचार भइरहेको छ। कोठाभित्र भेटिएको दुइवटा बममध्ये एउटा विष्फोट नभएपछि अर्कोलाई नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको प्रहरी उपरीक्षक अधिकारीले बताए। स्थानीय श्रीकला मल्लको घरमा भाडामा बस्दै आएका विप्लवका कार्यकर्ताहरुले बम बनाइरहेका थिए। प्रहरीका अनुसार घटना बारेमा अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
-
अरु प्रदेशको तुलनामा लुम्बिनीमा बजेट कार्यान्वयनको अवस्था सन्तोषजनक : अर्थमन्त्री कार्की
-
अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध : प्रधानमन्त्री
-
भारतबाट फर्कँदै गरेका नेपालीहरूसँग भारतीय सुरक्षाकर्मीद्वारा पैसा असुली
-
फिलिपिन्समा आज मध्यावधि चुनावको मतदान, हिरासतबाट चुनाव लड्दैछन् पूर्वराष्ट्रपति
-
‘एल क्लासिको’ भिडन्त गुमाए पनि एमबाप्पेले ३२ वर्ष पुरानो कीर्तिमान तोडे