बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

रोबोटले माग्यो प्रदीप पौडेललाई भोट

बुधबार, ३० कात्तिक २०७९, २१ : १६
बुधबार, ३० कात्तिक २०७९

काठमाडौं ५ का प्रतिनिधि सभाका उम्मेदवार प्रदीप पौडेलका लागि रोबोटले घरदैलो गरेको छ । स्वतःस्फूर्त रूपमा युवा इन्जिनियरहरूले बनाएको रोबोटले काठमाण्डौं ५ का महाराजगंज, वसुन्धरा, हाडीगाउँ लगायतका क्षेत्रमा बुधवार घरदैलो गर्दै कांगेसका प्रविधिमैत्री युवा नेता प्रदीप पौडेलसहित प्रदेश सांसदका उम्मेदवारहरूका लागि भोट मागेको हो  । 

घरदैलोका क्रममा रोबोटले ” नमस्कार सन्चै हुनुहुन्छ, म नेपाली रोबोट,  यसपालिको काठमाडौँ- ५ को भोट, प्रदीप पौडेललाई ” भन्दै भोट मागेको थियो । प्रदीप पौडेल जस्ता युवा नेताको संसद्मा उपस्थिति भएमा प्रविधिको विकास सहज हुने र प्रविधिमैत्री नीतिगत व्यवस्था हुने विश्वासका साथ रोबोटको घरदैलो गरिएको सहभागी एक इन्जिनियर बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप