मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

हेडफोनमा गीत सुन्ने बानीले विश्वका १ अर्ब युवाहरुले श्रवणशक्ति गुमाउनसक्ने

बुधबार, ३० कात्तिक २०७९, २१ : ०७
बुधबार, ३० कात्तिक २०७९

एक अध्ययनले हेडफोनमा गीत सुन्ने वा चर्को सङ्गीत कार्यक्रममा सहभागी हुनेहरूलाई चिन्तित बनाउन सक्ने उल्लेख गरेका छ । विश्व स्वास्थ्य संगठनको नेतृत्वमा गरिएको श्रवण क्षमताबारे अध्ययनको वृहत्तर विश्लेषणले युवाहरूलाई तिनको सुन्ने बानीमा होसियार हुन आह्वान गरेको हो ।

अन्यथा विश्वका झण्डै एक अर्ब युवाहरूले श्रवणशक्ति गुम्ने जोखिममा रहेको बुधबार बीएमजे ग्लोबल हेल्थ नामक जर्नलमा प्रकाशित समीक्षाले चेतावनी दिएको छ । अध्ययनले सरकार र नीतिनिर्मातालाई युवाहरुको श्रवण स्वास्थ्य सुरक्षाका लागि थप चर्को आवाज आउने स्थालमाथि नियमन गर्न आग्रह गरेको छ । विगत दुई दशकमा अंग्रेजी, स्पेनिस, फ्रेन्च र रुसी भाषामा प्रकाशित ३३ अध्ययनको तथ्याकंको समिक्षाले १२ देखि ३४ वर्ष उमेर समूहका १९,००० भन्दा बढी सहभागीहरूलाई समेटेको छ । 

तीनमा २४ प्रतिशत युवाहरूमा हेडफोन प्रयोग गर्दा सुन्दा असुरक्षित रुपमा सुन्ने अभ्यास रहेको पाइएको थियो । त्यस्तै ४८ प्रतिशत युवाहरू कन्सर्ट वा नाइटक्लबजस्ता मनोरञ्जन स्थलहरूमा असुरक्षित स्तरको आवाजको झुम्ने गरेको पाएको थियो । यी अध्ययनको योगमा समीक्षाले भनेको छ– ६ लाख सत्तरी हजारदेखि १ अर्ब ३५ करोड युवाले सुन्ने क्षमता गुमाउने जोखिममा छ ।

अध्ययनकी एक लेखिका लरेल डिलार्डले श्रवण क्षमतामा असर कम गर्न हेडफोन प्रयोगकर्ताहरूले ध्वनिको स्तर निगरानी गर्ने एप अथवा सक्रिय बनाउन सुझाव दिइन्  । कन्सर्ट वा नाइटक्लबजस्ता चर्को संगित चल्ने कार्यक्रमहरूमा इयरप्लग लगाउनु पर्ने पनि उनले बताइन् । ‘यी आवाजले एक्कै पटक असर गर्दैन । असरहरु जम्मा हुँदै जान्छ र जब तपाई ६७ वर्ष अथवा बढि हुनुहुन्छ, त्यसको धेरै ठूलो प्रभाव पर्न सक्छ,’ डिलर्डले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप