जसपाद्वारा सिके राउत नेतृत्वको जनमतलाई कारबाहीको माग
बुधबार, ३० कात्तिक २०७९, २० : ४६
सिके राउत नेतृत्वको जनमत पाटीले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने काम गरेको भन्दै जनता समाजवादी पार्टीले सो पार्टीलाई कारबाही गर्न माग गरेको छ ।
टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा जनमत पार्टीका कार्यकर्ताहरूले भ्रम फैलाई मतदातालाई भ्रमित गर्ने कार्य गरिरहेको भन्दै कारबाहीको माग गरिएको जसपा नेपाल सप्तरीका अध्यक्ष केदार यादवले बताए ।
सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवले बोलेको भिडियालाई बिगारेर नक्कली आवाज राखेर जनतालाई भ्रम फैलाउने काम गरेको भन्दै कारबाहीको माग गरिएको उनले बताए ।
चुनावी अभियानमा रहेको अवस्थामा सिके राउतका कार्यकर्ताहरूले निर्वाचन आचारसंहिता विपरीतका कार्यहरु गरेको भन्दै उनले जसपाका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीलाई समर्थन गरेको जस्ता भ्रमपूर्ण कार्यहरू गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण