शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : खेलकुदमा नेपाललाई दोहोरो खुसी

बुधबार, ३० कात्तिक २०७९, २० : २६
बुधबार, ३० कात्तिक २०७९

 

आज २०७९ कार्तिक ३० गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

नेपालले पाकिस्तानलाई हरायो

अन्जन विष्टको निर्णायक गोलमा नेपालले पाकिस्तानलाई हराएको छ ।  बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेलमा अन्जनले ८२ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । उनले उत्कृष्ट गोल गर्दै रंगशालाको माहोललाई तताएका थिए । गोलपछि जर्सी फुकाल्दै उनले खुसियाली मनाउँदा नेपाली समर्थकको हुटिङले रंगशालाको माहोल रोचक बनेको थियो ।

नेपालले पाकिस्तानलाई हरायो

घरेलु टोली नेपालले यूएईविरुद्धको एदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोस्रो खेलमा जित निकालेको छ । बुधबार भएको दोस्रो एकदिवसीय खेलमा नेपालले यूएईलाई ३ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १९२ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाउँदै १९३ रन बनायो ।

विश्वकप फुटबलको हेर्न पाँच सय तिर्नुपर्ने

सर्वोच्च अदालतले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न दर्शकसँग अतिरिक्त शुल्क लिन रोक लगाउने गरी यसअघि जारी अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ । न्यायाधीश प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश गरेको हो ।

मेहताको उम्मेदवारी खारेज

निर्वाचन आयोगले लोसपाका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ । आयोगले बुधबार मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. ४ (२) मा लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज गरेको हो । 

सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन सामग्री हटाउन निर्देशन

निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरु मंसिर १ गते राति १२ बजेसम्म हटाउन निर्देशन दिएको छ । आयोगले सामाजिक सञ्जालमा पोस्ट भएका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरु मंसिर १ गते राति १२ बजेसम्ममा हटाइसक्न राजनीतिक दल तथा उम्मेदवारहरुलाई निर्देशन दिएको हो ।

बम पड्काउन खोज्ने युवक पक्राउ

भोजपुरमा सत्ता गठबन्धनले आयोजना गरेको सभास्थल नजिकै बम विष्फोट गराउन हिँडेका युवक आफैं घाइते भएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सुमन श्रेष्ठ आफैंले बोकेको बम विष्फोट भएर घाइते भएका हुन् ।

 

मदिरा बिक्रीमा रोक लगाउने निर्णय

काठमाडौं उपत्यकामा मंसिर १ देखि निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले बुधबार सो निर्णय गरेका हुन् ।  

९० म्यादी प्रहरी कारबाहीमा

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नायब महानिरीक्षक एवं  प्रहरी  प्रवक्ता  टेकप्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् । 

स्वतन्त्रकै रवाफ !

प्रतिनिधिसभा सदस्यका लागि सुनसरी–१ बाट स्वतन्त्र रूपमा उम्मेदवार रहेका मनोज कुमार मेयाङ्बो आइतबार बिहान धरानको निराजन बस्तीमा चुनावी प्रचारप्रसार अभियानमा थिए । उनको चुनावीसभामा सम्बोधन गर्न धरान– १४, विजयपुरका कांग्रेस कार्यकर्ता प्रेमप्रसाद पराजुलीलाई निम्त्याइयो । उनले ‘जय–नेपाल’ अभिवादन टक्र्याउँदै भाषण सुरु गरे । भाषणमा उनले दलहरुप्रतिको वितृष्णा व्यक्त गरेका थिए । 

बढ्यो रेमिट्यान्स आप्रवाह

चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा रेमिट्यान्स आप्रवाह बढेको छ । साउनदेखि असोज महिनासम्मको अवधिमा १६.८ प्रतिशतले रेमिट्यान्स आप्रवाह बढेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप