लुम्बिनी प्रदेशको राजधानी बुटवलमै राखिन्छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी प्रदेशको स्थायी राजधानी रुपन्देहीको बुटवलमै रहने बताएका छन् । बुटवलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री खाणले राजधानी तोक्ने अधिकार प्रदेशसभाको भएकाले त्यसलाई परीक्षण गर्ने र सच्याउने काम प्रदेशसभाले नै गर्ने बताए ।
उनले स्थायी राजधानी तोकिएको क्षेत्र दाङमा राजधानी लैजाँदा नेपाल सरकारको खर्बौं रकम लगाउनुपर्ने भएकाले उक्त निर्णय सच्चाउनुपर्ने बताए । उनले पूर्वाधार नभएको स्थानमा राजधानी लैजाँदा सरकारको खर्बौं रकम खर्च हुने भन्दै उक्त रकम खर्च गर्न नसकिने बताए ।
लुम्बिनी प्रदेशसभाले २०७८ असोज २१ मा दाङको देउखुरीमा स्थायी राजधानी तोकेको भएपनि अहिले फेरि उम्मेदारहरु आ आफ्नो भेगीय राजनीतिको आधारमा बोल्न थालेका हुन् । केही दिन अघि बुटवलका एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल राजधानी बुटवल फिर्ता लिने अभिव्यतिm दिएपछि एमालेका महासचिव तथा दाङ्गका उम्मेदवार शंकर पोखरेल बुटवल फिर्ता गर्छु भन्ने कुरा राजा ल्याउने जस्तै भएको प्रतिक्रिया दिएका थिए ।
बुधबार फेरि गृहमन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा बुटवलमा आफ्नो अगुवाइमा अस्थायी राजधानी स्थापना गरेको स्मरण गर्दै फेरि बुटवलमै कायम गर्ने बताएका हुन् । देशको मध्यभागमा रहेको रुपन्देही विकासको ठूलो सम्भावनाको बोकेको जिल्ला भएको भन्दै उनले विकासको आधार खडा गर्न दलहरू मिलेर अगाडि बढ्नुपर्ने जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री फेर्ने विषयमा छलफल गर्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक जारी
-
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
-
स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ
-
सिराहामा विद्यार्थीको मोबाइल नष्ट गरिएको घटना कानुनी कि गैरकानुनी ?
-
अभिनेत्री मधुको खुलासा : सुटिङ सेटमा रिस उठेपछि नाना पाटेकरलाई सचिक्कै थप्पड हिर्काएँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण