शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं–५ मा एमालेसहितका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

बुधबार, ३० कात्तिक २०७९, २० : १५
बुधबार, ३० कात्तिक २०७९

मंसिर ४ को निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा काठमाडौं क्षेत्र नं ५ मा एमालेसहित विभिन्न पार्टीका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  

बुधवार टोखा नगरपालिकाका विभिन्न वडाबाट एमालेसहित अन्य राजनीतिक दलबाट ५० भन्दा बढी नेता कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका हुन् । बुधवार नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधि सभा उम्मेदवार प्रदीप पौडेल र प्रदेश ख का उम्मेदवार श्याम बहादुर खड्काले उनीहरूलाई स्वागत गरेका हुन् । 

निर्वाचनका बेला नयाँ पार्टीमा आइ नयाँ पुस्ताका उम्मेदवारलाई मत हाल्न पाउँदा खुसी लागेको उनीहरूले बताएका छन् ।  त्यसैगरी नेता पौडेलले कांग्रेसमा आएका उनीहरुलाई स्वागत गर्दै आगामी दिनमा सबैको  मन जितेर काम गर्ने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप