काठमाडौं–५ मा एमालेसहितका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश
बुधबार, ३० कात्तिक २०७९, २० : १५
मंसिर ४ को निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा काठमाडौं क्षेत्र नं ५ मा एमालेसहित विभिन्न पार्टीका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बुधवार टोखा नगरपालिकाका विभिन्न वडाबाट एमालेसहित अन्य राजनीतिक दलबाट ५० भन्दा बढी नेता कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका हुन् । बुधवार नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधि सभा उम्मेदवार प्रदीप पौडेल र प्रदेश ख का उम्मेदवार श्याम बहादुर खड्काले उनीहरूलाई स्वागत गरेका हुन् ।
निर्वाचनका बेला नयाँ पार्टीमा आइ नयाँ पुस्ताका उम्मेदवारलाई मत हाल्न पाउँदा खुसी लागेको उनीहरूले बताएका छन् । त्यसैगरी नेता पौडेलले कांग्रेसमा आएका उनीहरुलाई स्वागत गर्दै आगामी दिनमा सबैको मन जितेर काम गर्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण