शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्थिर समय अगावै सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन सामग्री हटाउन आयोगको निर्देशन

बुधबार, ३० कात्तिक २०७९, १९ : ४२
बुधबार, ३० कात्तिक २०७९

निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरु मंसिर १ गते राति १२ बजेसम्म हटाउन निर्देशन दिएको छ । आयोगले सामाजिक सञ्जालमा पोस्ट भएका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरु मंसिर १ गते राति १२ बजेसम्ममा हटाइसक्न राजनीतिक दल तथा उम्मेदवारहरुलाई निर्देशन दिएको हो ।

बुधवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका सहप्रवक्ता कमल भट्टराईले बताए । उनले निर्वाचन आचारसंहिता बमोजिम स्थिर समय शुरु हुनुभन्दा ४८ घण्टा अघिबाट राजनीतिक दल र उम्मेदवारहरुले कुनैपनि तरिकाबाट निर्वाचन प्रचारप्रसार गर्न नपाउने बताए । उनले आायेगले मंसिर १ गते राति १२ बजेबाट कुनैपनि राजनीतिक दल तथा उम्मेदवारले समाजिक सञ्जाल तथा अनलाइनको प्रयोग गरेर उम्मेदवारको पक्ष र विपक्षमा मत माग्न नपाउने पनि बताए ।  

सहप्रवक्ता भट्टराईले स्थिर समय शुरु हुनुपूर्व पोस्ट गरिएका निर्वाचन प्रचारप्रसारका सामग्रीहरु सम्बन्धित सामाजिक सञ्जाल तथा अनलाइनबाट हटाउनुपर्ने बताए । उनले उम्मेदवार तथा राजनीतिक दलहरुले आयोगको निर्देशन अटेर गरी सामाजिक सञ्जालबाट प्रचारप्रसार गरे वा प्रचारप्रसार सामग्री नहटाए निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन आचारसंहिता २०७९ एवं निर्वाचन कसुर तथा सजाय ऐन बमोजिम आवश्यक कारबाही हुनेपनि बताए ।

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन सम्बन्धी प्रचारप्रसारका सामग्री हटाए÷नहटाएको अनुगमन गर्न निर्देशन दिने बताएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप