शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अञ्जनले गोल गर्दा रंगशालामा उत्साह, पाकिस्तान पराजित (फोटोफिचर)

बुधबार, ३० कात्तिक २०७९, १९ : २२
बुधबार, ३० कात्तिक २०७९

अन्जन विष्टको निर्णायक गोलमा नेपालले पाकिस्तानलाई हराएको छ ।  बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेलमा अन्जनले ८२ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।

उनले उत्कृष्ट गोल गर्दै रंगशालाको माहोललाई तताएका थिए । गोलपछि जर्सी फुकाल्दै उनले खुसियाली मनाउँदा नेपाली समर्थकको हुटिङले रंगशालाको माहोल रोचक बनेको थियो । खेलमा जर्सी फुकालेकै कारण विष्टले पहेँलो कार्ड समेत पाएका थिए । पाकिस्तानविरुद्ध १–० को जित निकालेसँगै अन्जनको नाममा ११ अन्तर्राष्ट्रिय गोल पुगेको छ।   जुन हरि खड्कासँगको बराबरी हो । नेपालका लागि सर्वाधिक गोल भने निरञ्जन रायमाझीको नाममा १३ गोल छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप