निर्वाचन पछि गठबन्धनकै सरकार : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको ध्यान विकास र सम्बृद्धितर्फ केन्द्रित भएको बताएको छ । बुधबार गठबन्धनद्वारा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले मुलुकमा स्थायी शान्ति र दिगो विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धन बनेको बताएका हुन् ।
उनले भने “दिगो विकास, स्थायी शान्ति र समृद्धिसँगै संविधानको रक्षा गर्नु नै गठबन्धनको मूल दायित्व हो । देशभर नै गठबन्धनको पक्षमा चुनावी माहोल देखिएको हुँदा निर्वाचन पछि गठबन्धनकै सरकार बन्ने छ ।” परिवर्तनका लागि राजनीतिक आन्दोलन र घोषणा धेरै भए पनि विभिन्न कारणले समग्र विकासको गति अघि बढ्न नसकेको जनाउँदै उनले अब दृढ सङ्कल्पसहित गठबन्धन अघि बढेको बताए ।
मङ्सिर ४ को निर्वाचन प्रतिगामी शक्तिलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउने अवसरका रुपमा लिन पनि उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
असारभित्र ८ वर्ष पुराना मुद्दा शून्य बनाउने लक्ष्यमा सफलता हासिल हुँदैछ : प्रधानन्यायाधीश
-
प्रेस युनियनको आयोजनामा शनिबारदेखि ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने
-
विपक्षी दलकै धारणा छरपस्ट, रास्वपा प्रतिपक्षीभन्दा सरकारसँग नजिक
-
भारतका लागि समर्थन खोज्न भगतसिंह आएकै बेला के–के भयो नेपालमा ?
-
गभर्नरको आशाले उचालियो सेयर बजार, ३७ अंकले बढ्दा ८२ अंकको उतारचढाव