बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डले चुनाव प्रचारको अन्तिम दिन काठमाडौंका २ सभालाई सम्बोधन गर्ने

बुधबार, ३० कात्तिक २०७९, १७ : ३५
बुधबार, ३० कात्तिक २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव प्रचार प्रसारको अन्तिम दिन काठमाडौंका २ चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । प्रचण्डले काठमाडौं क्षेत्र नम्बर २ का उम्मेदवार ओनसरी घर्ती र काठमाडौंकै क्षेत्र नम्बर ९ की कल्पना धमलाको क्षेत्रका चुनावी सभालाई सम्बोधन गर्ने प्रचण्डको सचिवालयले जनाएको छ । 

घर्तीको चुनाव क्षेत्र कोटेश्वरमा प्रचण्डसहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, एमाले छोडेका घनश्याम भुसाल लगायत नेताहरु सहभागी हुने भएका छन् । यस्तै धमलाकै क्षेत्र कुलेश्वरमा प्रचण्डसहित गठबन्धनका शीर्ष नेताहरू सहभागी हुने भएका छन् । यस्तै बुधबार प्रचण्डले मोरङ, ताप्लेजुङ, भोजपुर, खोटाङ लगायत जिल्लाका चुनावी सभालाई सम्बोधन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप