प्रचण्डले चुनाव प्रचारको अन्तिम दिन काठमाडौंका २ सभालाई सम्बोधन गर्ने
बुधबार, ३० कात्तिक २०७९, १७ : ३५
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव प्रचार प्रसारको अन्तिम दिन काठमाडौंका २ चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । प्रचण्डले काठमाडौं क्षेत्र नम्बर २ का उम्मेदवार ओनसरी घर्ती र काठमाडौंकै क्षेत्र नम्बर ९ की कल्पना धमलाको क्षेत्रका चुनावी सभालाई सम्बोधन गर्ने प्रचण्डको सचिवालयले जनाएको छ ।
घर्तीको चुनाव क्षेत्र कोटेश्वरमा प्रचण्डसहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, एमाले छोडेका घनश्याम भुसाल लगायत नेताहरु सहभागी हुने भएका छन् । यस्तै धमलाकै क्षेत्र कुलेश्वरमा प्रचण्डसहित गठबन्धनका शीर्ष नेताहरू सहभागी हुने भएका छन् । यस्तै बुधबार प्रचण्डले मोरङ, ताप्लेजुङ, भोजपुर, खोटाङ लगायत जिल्लाका चुनावी सभालाई सम्बोधन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण