शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चुनाव जित्नेमा ढुक्क छु : शंकर पोखरेल

बुधबार, ३० कात्तिक २०७९, १७ : २७
बुधबार, ३० कात्तिक २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट एमालेको तर्फबाट उम्मेदवारका रुपमा महासचिव शंकर पोखरेल मैदानमा उत्रिएका छन् । उनको मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रकी रेखा शर्मासँग हुने देखिन्छ । उनै पोखरेलसँग रातोपाटीले गरेको चुनाव केन्द्रित अन्तरवार्ताः 

निर्वाचनको समय नजिकिँदै छ । चुनावी प्रचार–प्रसार कस्तो छ ? मतदाताहरुको प्रतिक्रिया कस्तो पाउनुुभएको छ  ?

मंसिर ४ आउन केही दिनमात्र बाँकी छ । म अहिले मतदाता भेटघाटमा व्यस्त छु । कतै घरदैलो त कतै सभा, समारोह चलिरहेको छ । घरदैलो अभियान पनि चलिरहेको छ । मतदाताका घरदैलोमा पुुग्दा दाङ–२ ले दाङको समग्र विकासका लागि मलाई नै खोजिरहेको प्रतिक्रिया मैले पाएको छुु ।

मतदाताहरु दाङको विकास र समृद्धिको जिम्मेवारी मैले नै लिनुुपर्छ भन्ने कुरा दर्शाउँदै आइरहनुुभएको छ । संक्षिप्तमा भन्ने हो भने दाङले मलाई नै खोजेको छ । दङ्गालीले मलाई नै खोजेका छन् ।

तपाईबाट मतदाताहरुले के अपेक्षा राखेका छन् ?

सामान्यतया मतदाताहरुको विकास निर्माणकै अपेक्षा ज्यादा छन् । जनताका कुलोपानी, सडक यिनै कुरा नै हुन् । हामीले यिनै समस्यालाई केन्द्रबिन्दुमा राखेर काम पनि गरेका छौँ । अहिले भएका कामहरु हेर्दै बाँकी कामहरु अगाडि बढाउने योजनाका साथ अघि बढिरहेका छौँ ।

तपाईलाई आगामी ५ वर्षका लागि दाङ क्षेत्र नं. २ जनताले आफ्ना प्रतिनिधिका रुपमा संसदमा पठाए भने अहिलेको भन्दा के नयाँ कुरा पाउँछन् यहाँका जनताले ?

अहिलेको भन्दा फरक के पाउँछन् भन्ने कुराभन्दा पनि दाङको विकास लागि दिगो फाउण्डेशनका आधारहरु तय गर्ने हो । केही आधार तयार भएका छन् । त्यसलाई पूरा गर्ने हो । जस्तो कि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मेडिकल शिक्षाको प्रवर्द्धन गर्ने कुरा, औद्योगिक क्षेत्रका लागि हामीले जग्गा छुुट्याएका छौँ । त्यसलाई डीपीआर तयार गरेर निर्माण गर्ने कुरा, प्राविधिक शिक्षालय निर्माण गर्ने कुरा ।

मुलतः महानगर आधारित पूर्वाधार निर्माण गर्ने कुरा, भविष्यको सहर अव्यवस्थित नहोस् भन्ने कुरा नै हो । खास गरी दाङलाई पूर्व–पश्चिम चार वटा सडक सञ्जाल मार्फत जोड्ने हिसावले योजना तय गरेका छौं । उत्तर दक्षिणका सडकहरुलाई कसरी जोडन सकिन्छ भन्ने कुरा नै हो ।

यातायातको दुुरीलाई कसरी छोटो र सहज सरल बनाउन सकिन्छ भन्ने कुरा नै अहिलेका प्राथमिकताका विषय छन् । रोजगारी सिर्जनाका कुराहरु, आर्थिक क्रियाकलाप गर्ने कुराहरु पनि छन् । कृषिको आधुनिकीकरण र विकासका कुरा नै हो । भविष्यमा दाङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी आर्थिक सवलीकरण ल्याउने कुरा नै हो । दाङका उत्तर भेगका डाडाँपाखा पर्यटकीय सम्भावना बोकेका छन्, तिनीहरुको विकास गर्ने काम नै हो ।

विगतदेखि नै मतदाताहरुमा दलका उम्मेदवारले आश्वासन दिए तर पूरा भएनन् भन्ने छ, यहाँको अवस्था के छ ?

त्यस्तो होइन । दाङको विकासका लागि विगतमा अगुवाहरुले जे कुरा उठाउनुुभएको छ, ती सबै कुरा योजनाका रुपमा रुपान्तरण भएका छन् । यद्यपि ती योजनालाई पूर्णता दिन समय लाग्ला नै । तर कुनै त्यस्तो मुद्दा रहेन जो दाङको विकास योजनामा सामेल भएको छैन । सबै मुद्दा योजनामा सामेल भएका छन् ।

पाँच दलीय गठबन्धन सँगको चुुनावी प्रतिस्पर्धालाई कति चुनौतीका रुपमा लिनुुभएको छ ?

पाँच दलीय गठबन्धन यहाँ खासै छैन । गठबन्धन भनेको नेताहरुको हो, जनताको होइन । यस अर्थमा प्रतिस्पर्धाको विषय भनेको दाङको भविष्यलाई हेर्ने हो । दाङबासीले दाङको भविष्य हेर्ने हो, जनताले गठबन्धनलाई हेरेका छैनन् । दाङको भविष्य निर्माण कसले गर्न सक्छ भन्ने हेरेका छन् ।

तपाईले चुनाव जित्ने आधार के हुन् ?

हामीले चुनाव जित्ने आधार राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीले खेलेका भूमिका र मैले दाङको विकास निर्माणमा खेलेको भूूमिका अनि भविष्यमा पुु¥याउने योगदान नै हो ।

चुनाव जित्नेमा ढुुक्क हुनुुहुन्छ ?

जनताको अपेक्षाको हिसाबले म ढुुक्क छुु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप