शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

चुनाव पदले होइन, एजेण्डाले लड्ने हो : रेखा शर्मा

बुधबार, ३० कात्तिक २०७९, १७ : २४
बुधबार, ३० कात्तिक २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माको मुख्य चुनावी भिडन्त एमाले महासचिव शंकर पोखरेलसँग हुँदैछ । उनै शर्मासँग रातोपाटीले गरेको चुनाव केन्द्रित अन्तरवार्ताः 

दाङ–२ मा पाँच दलीय गठबन्धनको रुपमा साझा उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिनुुभएको छ । मंसिर ४ को चुनावका लागि प्रचार–प्रसार कहाँ पुुग्यो ? मतदाताको अपेक्षा कस्तो छ ?

तपाईले सोधिहाल्नुु भयो । हामी अहिले पनि चुनाव प्रचार प्रसारको क्रममा छौँ । सबै मतदाताको घरमा पुुग्न पनि सम्भव नहुुँदो रहेछ । हामी दाङ–२ अन्तर्गतका २७ वटा वडाका टोल टोलमा पुगिसकेका छौँ । हामी सामुुहिक प्रचारप्रसार गरिरहेका छौं ।

सम्भव भएसम्म घरघरमा पनि पुुग्ने प्रयास गरिरहेका छौं । सबैतिर मतदाताहरुको उत्साह देखिएको छ । मेरो अनुुभवमा हामी पाँच दलीय गठबन्धनतर्फ साझा उम्मेदवारका रुपमा खडा हुँदै गर्दा मतदाताहरु उत्साहित भएको महसुस गरेको छु । सकारात्मक प्रतिक्रिया पाएको छुु । जसले मतदातासँगै मलाई पनि उत्साहित बनाएको छ ।

मतदाताहरुसँग भेटघाटले उत्साहित बनाएको भन्नुुभयो । तपाईले आगामी ५ वर्षमा के गरिदिए हुन्थ्यो भन्ने मतदातको माग छ ?

मतदाताको भेटघाटका क्रममा मतदाताहरुले मसँग आशा, अपेक्षा गरेका कुरा अति सामान्य छन् । खेतबारीमा सिंचाई, गाउँमा बिजुली विस्तार, सडक विस्तार, समयमा मल बिउको व्यवस्थापन, नहरजस्ता सामान्य माग गरेका छन् ।

जो देख्दा सामान्य छन् तर समस्या ठूलो छ । हामीले अहिलेसम्म साना कुरामा ध्यान नदिने, ठूला हावादारी कुरा धेरै गर्ने गरिरहेका रहेछौँ । ती कुलोपानी, बाटोघाटोका समस्या नै बुुझ्न नसकेका रहेछौँ ।

मतदाताहरुको गुुनासो भनेकै नेता चुनावमा आउँछन्, भोट माग्छन्, मिठा कुरा गर्छन्, ५ वर्षसम्म फर्केर आउँदैनन् । तपाई त्यस्तै हो कि हैन भन्ने प्रश्न छ, गुुनासो छ ।

गाउँमा जाँदा कुलोपानीको समस्या छन् भने सहर केन्द्रित मतदाताहरुमा जाँदा फेरि दाङको विकास र समृद्धिमा निर्णायक रुपमा प्रभाव पार्ने आयोजनाहरु के–के हुन् भन्ने प्रश्न छन् । राजधानी जुुन आएको छ, त्यसलाई कसरी संरक्षण गर्ने भन्ने कुरा नै रहन्छन् ।

 

अर्काे कुरा, म महिला उम्मेदवार पनि हो । त्यसका कारण महिलाहरुको अपेक्षा विशेष खालका छन् । संविधान, कानुुनमा महिला अधिकार त सुनिश्चित भयो । तर महिला दिदी–बहिनीको जीवनस्तरमा कसरी परिवर्तन ल्याउने भन्ने कुरा पनि छन् ।

मतदाताहरुका यी मागलाई सम्बोधन गर्न तपाईसँग त्यो खालाको खाका  के छ ?

हामीले हाम्रो चुनावी घोषणापत्रमा विस्तृत रुपमा लेखेका छौं । पहिलो कुरा, दाङको विकास र समृद्धिको योजनाबद्ध विकासका खाका तयार गरेका छौँ । दाङ एशियाको ठूलो उपत्यका हो । दाङ साविक राप्तीको केन्द्र पनि हो ।

पछिल्लो अवधिमा यसको त्यो गरिमा खस्किदै गइरहेको छ । खस्किनुुको पनि केही कारण छन् । त्यसका कारण के छन् भने हामीले पहाडी जिल्ला जोडिने कयौं सडक रेखाङ्कन गरेका छौँ । तर पूरा हुन सकेका छैनन् । ती हुन् अन्तर जिल्ला जोड्ने सडक । दाङ–रोल्पा, दाङ–प्यूठान, दाङ– सल्यान, दाङ–सुर्खेत सडक छन् । यी सडकको व्यवस्थित विकास गर्नुुपर्ने छ ।

विकासको पहिलो पूर्वाधार भनेको विमानस्थल रहेछ । हामीसँग २०११ सालमा पहिलो पटक विमान बसेको विमानस्थल छ । तर त्यसको स्तरोन्नति हुन सकेको छैन । हामीले अन्तर्राष्ट्रिय विमानस्थलका कुरा गर्छाैँ । तर भएको विमानस्थलको स्तरोन्नतिको कुरा कहिल्यै गरेनौँ ।  हामीसँग भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल छ । हाम्रालाई डोमेस्टिक विमानस्थल पहिलो आवश्यकता हो । गुुठीको जग्गामा सुुकुुमबासी समस्या यथावत राखेर अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन सम्भव पनि छैन । टरिगाउँ विमानस्थललाई स्तरोन्नति गर्नुु छ ।

अर्काे मुुल कुरा, लमही–घोराही–तुलसीपुुर फोरलेन सडक मान्छे खाने सडक बनेको छ । सडक विस्तार तथा निर्माणका लागि बजेट छ तर ठेकेदारका कारण अलपत्र परेको छ । यसको नयाँ ठेक्का खुुल्ला गरी यसलाई चाँडै निर्माण गर्नुुछ । यी योजना अघि सारेका छौं ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना ग¥यौं । तर प्रतिष्ठानका रुपमा विकास गर्न सकेका छैनौं । चिकित्सा सेवा र शिक्षाको काम गर्नुुपर्ने छ । नेपाल संस्कृत विश्वविद्यालय अन्तर्राष्ट्रियस्तरको एउटा शैक्षिक सम्पत्ति हो । त्यसको विकास गर्नुपर्ने छ । यस्तै स–सानादेखि ठूला योजनाहरुको खाका तयार गरी हामीले संकल्पपत्रमार्फत जनता माझ पुु¥याएका छौं । ती पूरा गर्ने बाचा पनि हामीले गरेका छौँ ।

अर्काे कुरा दाङ कृषि उर्वर भूमि हो । माडी डाइभर्सन हरेक निर्वाचनको एजेण्डा बनेको छ तर पूरा हुुन सकेको छैन । यसलाई व्यवस्थित गर्नु छ । अनि म पाँच दलीय गठबन्धनको साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा छुु । लोकतन्त्र र संविधानको रक्षाका लागि म साझा उम्मेदवार भएको हो । मेरो पहिलो काम भनेको गठबन्धनको उद्देश्य र मिसनका रुपमा दृढतापूर्वक उभिने हो ।

दोस्रो कुरा, दाङको विकास निर्माण र समृद्धिको नेतृत्व गर्ने हो । तेस्रो काम प्रतिनिधिसभा भनेको कानुुन बनाउने थलो पनि हो । मैले विगतमा उत्पीडित वर्ग समुदायको अधिकार सुनिश्चित गर्न जति भूमिका निर्वाह गरेँ, त्यो अनुुरुप अझै केही कुरा बाँकी छन् । ती पूरा गर्ने काम मेरो तेस्रो लक्ष्य रहन्छ ।

मैले के थपेको छु भने महिलाहरुलाई राजनैतिक अधिकार दिएका छौँ । त्यो केही प्रतिशत महिलाहरुमा मात्रैै लागुु हुने रहेछ । महिलाहरुले आर्थिकस्तर कसरी फेर्नुु पर्छ, महिलाहरु जोडिएका संघसंस्थाको उत्थान कसरी गर्नुु पर्छ, चुलोचौकामा सीमित महिलाहरुलाई आयआर्जनमूलक योजनामा कसरी जोड्न सकिन्छ भन्ने कुरा मेरो चौथो काम रहनेछ । हामीले प्रतिबद्धता पत्रमा ‘हरेक क्षेत्रमा महिला, नेतृत्वमा पहिला’ नारा राखेका छौँ । त्यसको ठोस र मूर्त योजना हामीले बनाउने छौँ ।

निर्वाचनमा नेताहरु मिठा कुरा गर्छन् । आश्वासन र सपना भरिएको संकल्पपत्र मतदाता माझ विगतमा पुुगे, अहिले पनि पुुगेका छन् । तपाईले अघि सारेका यी योजना र मुुद्दा पूरा हुुन्छन् भन्ने आधार के छ ?

यी सबै योजना र मुद्दाहरु पूरा गर्ने कुरामा मैले भोलि पाउने पदीय हैसियत, मेरो जिम्मेवारीमा पनि धेरै कुरा निर्भर हुन्छ । म आफै जिम्मेवारी पूरा गर्ने ठाउँमा पुुगेँ भने म आफैले गर्छुु । यदि भएन भने यी योजना र मुद्दा पूरा गर्न निरन्तर संघर्ष गर्छुु । त्यसका लागि प्रयत्नशील रहन्छु । मतदाताहरुले महसुस गर्ने गरी संघर्ष र प्रयत्नशील रहने छुु । आश्वासन र सपनाका कुरामा हामीले मनोेरेल, पानी जहाज, घरघरमा ग्याँस लाईनका कुरा गरेका छैनौँ ।

हामीले सामान्य कुलोपानी, बिजुुली, बाटोघाटो, खानेपानी, कृषि उत्पादनका कुरा गर्दै आइरहेका छौँ । अर्काे कुरा के हो भने राजनीतिप्रति जनताको जुन वितृष्णा पैदा हुँदै गइरहेको छ, नेता भनेका यस्तै हुन्, जुन जोगी आए पनि कानै चिरेका भन्नेजस्ता कुरालाई जनताको मनबाट बदल्नु छ । सायद म उम्मेदवार नभएको भए मेरो पनि गुुनासा तिनै हुन्थे होला ।

मैले यो कुरालाई कसरी बुुझेको छु भने राजनीतिक कर्ममा लागेको अग्रज नेताहरुले यहाँसम्म ल्याउनु भयो, त्यसप्रति सम्मान छ । तर राजनीतिक संस्कारभित्र जुुन कुुसंस्कार पैदा भएको छ, त्यसलाई फेर्दै लैजानुु पर्छ भन्ने छ । यी राजनीतिक दल र नेताप्रति नकारात्मक भाव पैदा हुँदै गइरहेको छ । यसलाई चिर्न नसक्ने हो भने हाम्रो व्यवस्थामाथि नै चुनौती बन्न सक्छ । त्यो नकारात्मक प्रवाहलाई चिर्ने कामको नेतृत्व पनि अब हामीले गर्ने हो । पानीको पोखरी फोहोर भयो भने पाखामा बसेर फोहोर भयो भन्नुुभन्दा पनि त्यहाँ पसेर सफा गर्न लाग्नुु प¥यो । तर त्यही पोखरीमा डुुब्नुु भएन ।

मैले निष्ठावान राजनीति गर्दै आइरहेको छु । राजनीतिलाई भ्रष्टाचारको केन्द्र बनाउने होइन । जनताको सेवक जनप्रतिनिधिहरु हुन् भन्ने कुरा मेरो आचरण, व्यवहार, संस्कारबाट जनतालाई देखाउन प्रतिवद्ध छु ।

यो क्षेत्रमा एमालेका महासचिव शंकर पोखरेलसँग तपाईको चुनावी प्रतिस्पर्धा छ । ‘हेभी वेट’ नेतासँगको चुनावी प्रतिस्पर्धालाई कसरी लिनुभएको छ ?

चुुनावी प्रतिस्पर्धा जो सँग पनि हुुन सक्छ । मैले अर्काेसँग भएको भए हुने थियो, उनीसँग किन भयो भन्ने कुरा सोचेको पनि छैन । मैले के विश्वास गर्छु भने निर्वाचन लड्ने पदले होइन । चुनाव एजेण्डाका आधारमा लड्ने हो ।

विगतमा प्रधानमन्त्री भएका व्यक्ति पनि पराजित हुनु परेको छ । त्यो कुरा तपाईलाई अवगत छ नै । अर्को कुरा, पोखरेल जसरी प्रतिगमनको रक्षामा उभिनुुभयो, म त प्रतिगमनविरुद्ध माइतीघरमा उभिएँ ।

हिजो गणतन्त्र प्राप्तिको आन्दोलनमा उभिएँ, गणतन्त्रका लागि आन्दोलनमा उभिँदै गर्दा वर्षदिन आर्मी हिरासतमा बसेँ, जहाँ मैले शारीरिक, मानसिक यातना थुप्रै भोगेँ ।

के मैले गणतन्त्र प्राप्तिको आन्दोलनमा भोगेको त्यो यातना र पीडा उहाँको भन्दा कम र ? संविधान निर्माणमा उत्पीडित वर्ग समुदायको अधिकारका सवालमा जे भूमिका खेलेँ, के त्यो उहाँले पाउनुु भयो र ? मैले दाङको विकास निर्माणका लागि जे जति गर्न सकेँ, त्यो भूमिका के उहाँको भन्दा मेरो कम थियो र ? मेरो विगत र वर्तमान हेरेर नै मतदाताहरुले मूूल्याङ्कन गर्ने हो । यसैका आधारमा मैले मतदाताहरुलाई भनेको छु्, ‘म आउँछुु, मेरा कुरा म गर्छु । अर्काे आउँछ, आफ्ना कुरा गर्छ । फैसला गर्ने अधिकार तपाईलाई छ ।’

त्यसका कारण उहाँले प्रतिस्पर्धा नै छैन भन्नुभएको छ । मैले प्रतिस्पर्धा छ भन्ने ठानेको छु । यही निर्वाचनमा प्रतिस्पर्धी नै नभए त निर्वाचन लड्नुको मज्जा नै कहाँ भेटिन्छ र ? र यसपालि निर्वाचन गठबन्धनले जित्छ, ढुुक्क हुुनुुस् ।

गत स्थानीय तहमा पनि सत्तारुढ गठबन्धनविरुद्ध एमालेले जबर्जस्त उपस्थिति जनायो । अहिले फेरि तपाईहरु चुुनाव जित्छौँ भन्नुुहुुन्छ । यो त्यति सहजै सम्भव छ र ?

स्थानीय तहको निर्वाचनको समीक्षा गर्दा यहाँ हामीले निर्वाचन प्राविधिक रुपमा हारेका छौं । ३१ हजार मत नेकपा एमाले लिएको छ भने सत्ता गठबन्धनले २६ हजार सदर मत लिएको छ । तर बदर मत सत्ता गठबन्धनको १० हजारभन्दा बढी छ । जम्मा ५ हजार मतले हारिएको छ । त्यही मत सदर भएमा हामीले निर्वाचन जित्छौं । अर्काे कुरा, हामीले पाएको सदर र बदर मतको कुरा गर्ने हो भने गठबन्धन अगाडि नै छ । हिजो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँगको गठबन्धन पहिलो अभ्यास थियो । जसका कारण केही अप्ठ्यारो भयो । स्थानीय तहको निर्वाचनमा पराजय व्यहोर्दा हामीलाई ५ वर्ष विकास निर्माण घाटा लाग्यो । तर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हार्दा प्रतिगमनले जित्ने, अग्रगमनले हार्ने हुुन्छ ।

अहिले नेकपा एमालेभित्रका केही साथी प्रतिगमनविरुद्ध हामीसँग हुनुुहुुन्छ । प्रतिगमनविरुद्ध एकै ठाउँमा उभिएका दलहरु चुनावी मैदानमा छौं । यस आधारमा अग्रगमनको जित निश्चित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप