शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कञ्चनपुर ३ (क) का राप्रपा उम्मेदवार जोशीलाई नेमकिपा उम्मेदवार दमाईको समर्थन

बुधबार, ३० कात्तिक २०७९, १७ : २०
बुधबार, ३० कात्तिक २०७९

कञ्चनपुर–३ को प्रदेश (१) का नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुरेन्द्र दमाईले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार धर्मराज जोशीलाई समर्थन गरेका छन् ।  दमाईले कञ्चनपुर ३ को (१) मा एमाले–राप्रपाका साझा उम्मेदवार जोशीलाई समर्थन गरेर आफ्नो उम्मेदवारी स्थगन गराएका हुन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै जोशीको पक्षमा देखिएको जन लहरलाई बल पुराउन आफ्नो उम्मेदवारी स्थगित गरिएको दमाईले बताए । यसअघि स्वतन्त्र उम्मेदवार महादेव भट्टले पनि जोशीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी स्थगन गराएका थिए । यहाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रमा टेकेन्द्र भट्ट, एकीकृत समाजवादीका प्रकाश रावल लगायतका उम्मेदवार चुनावी मैदानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप