शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दाङ–२ मा रोचक बन्दै शंकर पोखरेल र रेखा शर्माबीचको भिडन्त

बुधबार, ३० कात्तिक २०७९, १७ : १८
बुधबार, ३० कात्तिक २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर २ बाट १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । माओवादीकी रेखा शर्मा, एमालेका शंकर पोखरेल, राप्रपाका भोलानाथ योगी, हाम्रो नेपाली पार्टीका शशीराम चौधरी, नागरिक उन्मुक्तिका रेशम चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी लगायत प्रतिस्पर्धामा छन् ।

मुख्य प्रतिस्पर्धीमा भने सत्ता गठबन्धनकी साझा उम्मेदवार शर्मा र एमालेका महासचिव पोखरेलबीच हुने देखिन्छ । माओवादीका प्रभावशाली नेता कृष्णबहादुर महरा ‘रिङआउट’ भएपछि एमाले महासचिव पोखरेलसँग भिड्न शर्माको इन्ट्री भएको हो । ०७४ मा दाङ–२ मा माओवादी नेता महराका मुख्य सारथि पोखरेललाई यसपटक महराको साथबाटै धक्का दिने शर्माको दाउ छ ।

स्थानीय तहको निर्वाचनको मत परिणामा हेर्दा दाङ–२ मा शर्मा र पोखरेलबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । तर दाङ–२ को बजार क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकारीप्रतिको आकर्षण पनि राम्रै देखिन्छ । यसले गठबन्धन र एमालेको स्थानीय निर्वाचनको मतको हिसाबमा गडबड गरिदिनेमा सन्देह छैन ।

यहाँका २७ वटा वडामध्ये एमालेले घोराही र तुुलसीपुर उपमहानगरपालिकाको प्रमुख, उपप्रमुखसहित १२ वटा वडामा जित हात पारेको छ भने सत्ता गठबन्धनले एक स्थानीय तहसहित १५ वटा वडा जितेको छ ।

एमालेले घोराही उपमहानगरपालिका ४, ६, ७, ८, ११, १२, १३, १४, १७, १८ र तुुलसीपुर उपमहानगरपालिका ४ वटामध्ये १८ र १९ वडा जितेको छ । सत्ता गठबन्धनले बंगलाचुुली गाउँपालिका प्रमुुख र उपप्रमुुखसहित ८ वटै वडा जितेको छ ।

माओवादी केन्द्रले अध्यक्षसहित ३, ५, ७ र ८ वडा जितेको छ भन्ने कांग्रेसले उपाध्यक्षसहित १, २, ४ र ६ वडा जितेको छ । कांग्रेसले घोराही उप–महानगरपालिकाका १०, १५, १६ र १९ जितेको छ भने माओवादीले ९ नम्बर वडा जितेको छ ।

त्यस्तै तुुलसीपुर उपमहानगरपालिका ४ वटा वडामध्ये वडा नं. १७ कांग्रेस र १६ मा स्वतन्त्र उम्मेदवारले जितेका छन् । स्वतन्त्र उम्मेदवार माओवादी पक्षधर हुन् ।

रेखा शर्माले गठबन्धनको बलमा शंकरलाई कडा टक्कर दिने अनुमान छ । दाङ–२ मा गठबन्धन र एमालेको शक्ति उस्तै हाराहारीमा छ । एमाले महासचिव र लुम्बिनीका पूर्व मुख्यमन्त्री पोखरेलको गृह जिल्लासमेत भएकाले यहाँ एमालेको राम्रो प्रभाव छ ।

शंकर पोखरेललाई गठबन्धनको जति डर छ, उत्तिकै भर दुुई स्थानीय तहप्रति पनि छ । घोराही उपमहानगरपालिकामा प्रमुख पदमा एमालेले ३१ हजार २२८ मत प्राप्त गरेको थियो भने सत्ता गठबन्धनले २६ हजार ३६८ मत प्राप्त गरेको थियो । यस अतिरिक्त गठबन्धन पक्षकै करिब १२ हजार मत बदर भएको थियो । तर अहिले स्थानीय तह मत परिणाम अनुुसार एमालेको पकड क्षेत्रका रुपमा रहेका घोराही उपमहानगरपालिकाका १, २, ३ र ५ वडा निर्वाचन क्षेत्र नं. १ मा पर्ने भएकाले र गठबन्धनको पाकेट क्षेत्र बंगलाचुुली थपिनुुले गठबन्धनलाई फाइदा पुुगेको देखिन्छ ।

गत स्थानीय निर्वाचनमा यस क्षेत्रका वडामा वडाध्यक्षले पाएको मत हेर्दा गठबन्धन झण्डै ४ हजार मतले अघि छ । मेयरको मतमा तुलना गर्दा पनि गठबन्धन झण्डै १ हजार १ सय मतले अगाडि छ ।

एमालेका पकड क्षेत्र बाहिरिनुु र सत्ता गठबन्धनको पकड क्षेत्र भित्रिनुुले गठबन्धनका उम्मेदवार अझ उत्साहित छन् । त्यसैले एमालेले शंकर पोखरेलको व्यक्तित्वलाई विजयको आधार देखाउने गरेको छ ।

स्थानीय निर्वाचनमा प्राविधिक कारणले सत्ता गठबन्धनको उम्मेदवारले पराजय व्यहोर्नुु परेको सत्ता गठबन्धनका नेताहरु बताउँछन् । माओवादी केन्द्र दाङका इन्चार्ज निर्मल आचार्यले प्राविधिक समस्याका कारण गठबन्धनले स्थानीय तहमा पराजय भागेको बताए । यस्तै कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले पनि मतदाता शिक्षा अभावका कारण घोराही र तुुलसीपुुर गुमाउनुु परेको सुनाए ।

सत्ता गठबन्धन घोराही र तुल्सीपुरमा पराजय भए पनि मतदाताका पक्षबाट जित हात पारेको उनीहरुको दाबी छ । मंसिर ४ को निर्वाचनमा पनि गठबन्धनले जित हातपार्ने आचार्य र डाँगीले दाबी गरे । तर निर्वाचनका मुखमा माओवादी केन्द्र दाङका तत्कालीन इन्चार्ज जीवन गौतम र नगर अध्यक्ष प्रमोद शर्माले पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्दा सत्ता गठबन्धनलाई असर पुुगेको देखिन्छ ।

तर आफ्नो सुदूर राजनीतिक भविष्यमा शंकर तगारो बन्न सक्ने कांग्रेस नेताहरुको बुझाइले रेखाको जितका लागि बल थप्ने चर्चा छ । कांग्रेसका नेताहरुको लक्ष्य कुनै हालतमा शंकरलाई रोक्ने देखिन्छ । दाङ–२ का दुवै प्रदेशसभामा उम्मेदवार पाएपछि रेखा जिताउन कांग्रेस नेता–कार्यकर्ताको सक्रियता पनि निकै छ । कांग्रेस केन्द्रीय सदस्य योगन्द्र चौधरीले पनि शंकरलाई रोक्न कांग्रेस एकताबद्ध भएर लागेको बताउँछन् ।

‘शंकरलाई रोक्नै पर्छ भन्ने हाम्रो आम बुझाइ छ । कांग्रेसकै उम्मेदवार भए स्थानीय तह र पार्टी अधिवेशनमा अन्तुष्टले मत नदिन सक्थे । तर रेखाका हकमा त्यस्तो छैन,’ उनी भन्छन् । यसले पनि दाङ–२ मा रेखा शर्मा र शंकर पोखरेलबीच कडा प्रतिस्पर्धा हुने देखाउँछ ।

दाङ–२ मा एमालेले राप्रपासँग तालमेल नगर्दा पनि यो परिस्थिति बनेको देखिन्छ । तर मतदाताहरु रेखा रोज्ने कि शंकर भन्नका लागि मंसिर ४ को पर्खाइमा छन् ।

थारु मत निर्णायक

दाङका तीन वटै निर्वाचन क्षेत्रमा थारु समुुदायको बाक्लो बसोबास छ । दाङ क्षेत्र नम्बर २ का २७ वडामा ३६ वटा थारु गाउँ छन् । अघिल्लो निर्वाचनमा पनि थारु समुदाय नै दाङ–२ को निर्णायक मतदाता रुपमा देखिएका थिए ।

महेन्द्र बहुमुुखी क्याम्पसका प्राध्यापक एवं विश्लेषक सुदीप गौतमले हरेक निर्वाचनमा दाङमा थारु समुदायको भोट निर्णायक हुने गरेको सुनाए ।

यसबाहेक पछिल्लो समय पहाडी जिल्ला रोल्पा, रुकुमबाट बसाईसराई बढ्दै गइरहेकाले त्यो मतले आंशिक प्रभाव पर्ने उनी बताउँछन् । गत स्थानीय निर्वाचनमा एमालेका इन्चार्ज नरुलाल चौधरीलाई ठूलो संख्यामा थारु समुदायको मत गएको थियो । ‘तर उनले आफूले प्राप्त गरेको मत पोखरेललाई ट्रान्फर गर्न सक्छन् कि सक्दैनन् भन्ने कुराले निर्वाचनको भविष्य निर्धारण गर्ने छ,’ उनले भने ।

यद्यपि थारु बाहुल्य क्षेत्र भए पनि ठुला दलले यहाँ थारु समुदायबाट उम्मेदवार बनाएका छैनन् । दाङ–२ (क) मा एमालेबाट बलीभद्र राना र २ (ख) बाट गिरिराज केसी चुनावी प्रतिस्पर्धामा छन् । त्यसको विरुद्धमा सत्ता गठबन्धनबाट (क) मा कांग्रेसका राजु खनाल र (ख) मा प्रचण्ड विक्रम न्यौपाने उम्मेदवार छन् ।

ठूला दलका थारु समुदायका उम्मेदवार नहुँदा थारु समुदायको मत हाम्रो नेपाली पार्टीका शशीराम चौधरी र नागरिक उन्मुक्तिका रेशम चौधरीले आफूतिर तान्ने प्रयास जोडतोडले गरिरहेका छन् । दाङका थारु बस्तीमा शशीरामको लौरो र रेशमको ढकियाको राम्रै चर्चा देखिन्छ । यसले पनि शंकर र रेखाको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।

सधैैँ चर्चामा दाङ

दाङ हरेक निर्वाचनमा चर्चाको केन्द्रमा हुन्छ । २०४८ मा दाङका तीन वटा क्षेत्रमा कांग्रेसले कब्जा जमाएको थियो । त्यतिबेला निर्वाचन क्षेत्र नम्बर १ बाट  हरिप्रसाद चौधरी, २ बाट शिवराज गौतम र ३ बाट खुमबहादुर खड्का निर्वाचित भएका थिए । ०५१ को मध्यावधि चुनावमा दाङमा ४ वटा निर्वाचन क्षेत्र तोकियो । ४ वटा निर्वाचन क्षेत्रमा एमालेले एउटा क्षेत्रमा जित हासिल ग¥यो ।

निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसका हरिप्रसाद चौधरी, २ मा बलदेव शर्मा र ४ मा खुमबहादुर खड्का विजयी भएका थिए । ३ नम्बर क्षेत्रमा एमालेका शंकर पोखरेल निर्वाचित भएका थिए । ०५६ को आम निर्वाचनमा दाङका ४ वटै क्षेत्रमा कांग्रेस निर्वाचित भयो ।

खुमबहादुर खड्काले १ नम्बर क्षेत्रबाट चुनाव जित्दा २ बाट बलदेव शर्मा, ३ बाट कृष्णकिशोर घिमिरे र ४ बाट गेहेन्द्र गिरी विजयी भए । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा दाङ माओवादीमय भयो ।

क्षेत्र नम्बर १ मा इन्द्रजित थारु, २ मा दामाकुमारी शर्मा, ३ मा कृष्णबहादुर महरा, ४ मा शिवराज गौतम र ५ मा शुष्मा शर्मा घिमिरे निर्वाचित भए । ०७० को दोस्रो संविधानसभा निर्वाचनताका दाङमा कांग्रेसले ‘कमब्याक’ ग¥यो ।

क्षेत्र नम्बर १ मा कांग्रेसका पार्वती डिसी चौधरी, २ मा सुशीला चौधरी, ३ मा दिपक राजु खनाल, ४ मा बुद्धिराम भण्डारी र ५ मा दीपक गिरी विजयी भए ।

०७४ मा निर्वाचनमा दाङका दुई वटा निर्वाचन क्षेत्र कटौती गरियो । तीन निर्वाचन क्षेत्र तोकिएको दाङमा तत्कालीन वाम गठबन्धनले कब्जा जमायो । क्षेत्र नम्बर १ मा एमालेका मेटमणि चौधरी, २ मा कृष्णबहादुर महरा  र ३ मा एमालेकै हिराचन्द्र केसीले जितेका थिए ।

यसपटक भने चुनावी गठबन्धन र तालमेलले १८० डिग्रीको फन्को मारेको छ । सोही अनुसार दाङको राजनीतिक समीकरण पनि त्यसैको परिधिमा घुमिरहेको छ । एमाले महासचिव पोखरेल एक्लै चुनावी मैदानमा छन् भने माओवादीकी शर्माको बलियो सारथि छ कांग्रेस ।

पोखरेलले पार्टी विभाजन र पाँच दलीय गठबन्धनको चुनौती तोड्न सक्छन् वा सक्दैनन् भन्ने आमजनको चासो छ । एमालेको भावी अध्यक्षका रुपमा हेरिएका पोखरेललाई चुनाव जित्नै पर्ने दबाब छ । दाङ–२ का मतदाताले पनि पोखरेल भावी अध्यक्षका रुपमा हेरेको देखिन्छ । कात्तिक २७  गतेको बिहान हामीले पोखरेलको घरदैलो पछ्याउँदा पनि त्यसको संकेत भेट्यौं ।

घोराही उपमहानगरपालिका–१८ का कमल पोखरेलले त एमालेले केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका अघि सारेको भन्दै शंकरसँग विमति राखे । उनले भने, ‘तपाई दाङ २ कोमात्र होइन, मुुलुकको नेतृत्व गर्न अगाडि सर्नुपर्थ्यो । बुढा (केपी ओली)लाई अघि सार्नु भयो । बुढाहरुबाट केही हुनेवाला छैन ।’

घरदैलोका क्रममा लुम्बिनीको राजधानी दाङ सारेको श्रेय पनि शंकरले राम्रै पाएको देखिन्थ्यो । अहिले चुनाव जिताउँदा एमालेको भावी नेतृत्व पनि दाङ आउने भन्दै एमालेले चर्को प्रचार गरेको छ ।

पोखरेलका भाइ नाता पर्ने श्याम खनालले मतदातासँग परिचय गराउँदा सोही कुरा सुनाउँथे । घरदैलोमा पोखरेललाई एजेण्डा सुनाउनुभन्दा मतदातासँग मत माग्न हतारो देखिन्थो ।

रातोपाटीसँगको कुराकानीमा भने उनले आफ्नो मुख्य चुनावी एजेण्डाका रुपमा घोराही र तुल्सीपुरलाई महानगर आधारित विकास गर्ने योजना सुनाए । पोखरेल भन्छन्, ‘दाङको समृद्धि र विकास लागि महानगर आधारित पूर्वाधार विकास मेरो पहिलो काम हुनेछ ।’ सबै खाले पूर्वाधार विकास महानगर आधारित योजनामा अघि बढाउने शंकरको लक्ष्य छ ।

यता रेखाले कृषि सम्बन्धी समस्यालाई मुख्य एजेण्डा बनाएर मत मागिरहेकी छन् । उनले प्रत्येक किसानका खेतमा बारैमास जल र मल पुु¥याउने योजना सुनाइन् । दाङको समग्र विकासका लागि कृषि क्षेत्रको विकास नै पहिलो आवश्यकता रहेको शर्माको बुझाइ छ ।

चुनाव पदले होइन, एजेण्डाले लड्ने हो : रेखा शर्मा

उम्मेदवार, माओवादी केन्द्र

दाङ–२ मा पाँच दलीय गठबन्धनको रुपमा साझा उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिनुुभएको छ । मंसिर ४ को चुनावका लागि प्रचार–प्रसार कहाँ पुुग्यो ? मतदाताको अपेक्षा कस्तो छ ?

तपाईले सोधिहाल्नुु भयो । हामी अहिले पनि चुनाव प्रचार प्रसारको क्रममा छौँ । सबै मतदाताको घरमा पुुग्न पनि सम्भव नहुुँदो रहेछ । हामी दाङ–२ अन्तर्गतका २७ वटा वडाका टोल टोलमा पुगिसकेका छौँ । हामी सामुुहिक प्रचारप्रसार गरिरहेका छौं ।

सम्भव भएसम्म घरघरमा पनि पुुग्ने प्रयास गरिरहेका छौं । सबैतिर मतदाताहरुको उत्साह देखिएको छ । मेरो अनुुभवमा हामी पाँच दलीय गठबन्धनतर्फ साझा उम्मेदवारका रुपमा खडा हुँदै गर्दा मतदाताहरु उत्साहित भएको महसुस गरेको छु । सकारात्मक प्रतिक्रिया पाएको छुु । जसले मतदातासँगै मलाई पनि उत्साहित बनाएको छ ।

मतदाताहरुसँग भेटघाटले उत्साहित बनाएको भन्नुुभयो । तपाईले आगामी ५ वर्षमा के गरिदिए हुन्थ्यो भन्ने मतदातको माग छ ?

मतदाताको भेटघाटका क्रममा मतदाताहरुले मसँग आशा, अपेक्षा गरेका कुरा अति सामान्य छन् । खेतबारीमा सिंचाई, गाउँमा बिजुली विस्तार, सडक विस्तार, समयमा मल बिउको व्यवस्थापन, नहरजस्ता सामान्य माग गरेका छन् ।

जो देख्दा सामान्य छन् तर समस्या ठूलो छ । हामीले अहिलेसम्म साना कुरामा ध्यान नदिने, ठूला हावादारी कुरा धेरै गर्ने गरिरहेका रहेछौँ । ती कुलोपानी, बाटोघाटोका समस्या नै बुुझ्न नसकेका रहेछौँ ।

मतदाताहरुको गुुनासो भनेकै नेता चुनावमा आउँछन्, भोट माग्छन्, मिठा कुरा गर्छन्, ५ वर्षसम्म फर्केर आउँदैनन् । तपाई त्यस्तै हो कि हैन भन्ने प्रश्न छ, गुुनासो छ ।

गाउँमा जाँदा कुलोपानीको समस्या छन् भने सहर केन्द्रित मतदाताहरुमा जाँदा फेरि दाङको विकास र समृद्धिमा निर्णायक रुपमा प्रभाव पार्ने आयोजनाहरु के–के हुन् भन्ने प्रश्न छन् । राजधानी जुुन आएको छ, त्यसलाई कसरी संरक्षण गर्ने भन्ने कुरा नै रहन्छन् ।

अर्काे कुरा, म महिला उम्मेदवार पनि हो । त्यसका कारण महिलाहरुको अपेक्षा विशेष खालका छन् । संविधान, कानुुनमा महिला अधिकार त सुनिश्चित भयो । तर महिला दिदी–बहिनीको जीवनस्तरमा कसरी परिवर्तन ल्याउने भन्ने कुरा पनि छन् ।

मतदाताहरुका यी मागलाई सम्बोधन गर्न तपाईसँग त्यो खालाको खाका  के छ ?

हामीले हाम्रो चुनावी घोषणापत्रमा विस्तृत रुपमा लेखेका छौं । पहिलो कुरा, दाङको विकास र समृद्धिको योजनाबद्ध विकासका खाका तयार गरेका छौँ । दाङ एशियाको ठूलो उपत्यका हो । दाङ साविक राप्तीको केन्द्र पनि हो ।

पछिल्लो अवधिमा यसको त्यो गरिमा खस्किदै गइरहेको छ । खस्किनुुको पनि केही कारण छन् । त्यसका कारण के छन् भने हामीले पहाडी जिल्ला जोडिने कयौं सडक रेखाङ्कन गरेका छौँ । तर पूरा हुन सकेका छैनन् । ती हुन् अन्तर जिल्ला जोड्ने सडक । दाङ–रोल्पा, दाङ–प्यूठान, दाङ– सल्यान, दाङ–सुर्खेत सडक छन् । यी सडकको व्यवस्थित विकास गर्नुुपर्ने छ ।

विकासको पहिलो पूर्वाधार भनेको विमानस्थल रहेछ । हामीसँग २०११ सालमा पहिलो पटक विमान बसेको विमानस्थल छ । तर त्यसको स्तरोन्नति हुन सकेको छैन । हामीले अन्तर्राष्ट्रिय विमानस्थलका कुरा गर्छाैँ । तर भएको विमानस्थलको स्तरोन्नतिको कुरा कहिल्यै गरेनौँ ।  हामीसँग भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल छ । हाम्रालाई डोमेस्टिक विमानस्थल पहिलो आवश्यकता हो । गुुठीको जग्गामा सुुकुुमबासी समस्या यथावत राखेर अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन सम्भव पनि छैन । टरिगाउँ विमानस्थललाई स्तरोन्नति गर्नुु छ ।

अर्काे मुुल कुरा, लमही–घोराही–तुलसीपुुर फोरलेन सडक मान्छे खाने सडक बनेको छ । सडक विस्तार तथा निर्माणका लागि बजेट छ तर ठेकेदारका कारण अलपत्र परेको छ । यसको नयाँ ठेक्का खुुल्ला गरी यसलाई चाँडै निर्माण गर्नुुछ । यी योजना अघि सारेका छौं ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना ग¥यौं । तर प्रतिष्ठानका रुपमा विकास गर्न सकेका छैनौं । चिकित्सा सेवा र शिक्षाको काम गर्नुुपर्ने छ । नेपाल संस्कृत विश्वविद्यालय अन्तर्राष्ट्रियस्तरको एउटा शैक्षिक सम्पत्ति हो । त्यसको विकास गर्नुपर्ने छ । यस्तै स–सानादेखि ठूला योजनाहरुको खाका तयार गरी हामीले संकल्पपत्रमार्फत जनता माझ पुु¥याएका छौं । ती पूरा गर्ने बाचा पनि हामीले गरेका छौँ ।

अर्काे कुरा दाङ कृषि उर्वर भूमि हो । माडी डाइभर्सन हरेक निर्वाचनको एजेण्डा बनेको छ तर पूरा हुुन सकेको छैन । यसलाई व्यवस्थित गर्नु छ । अनि म पाँच दलीय गठबन्धनको साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा छुु । लोकतन्त्र र संविधानको रक्षाका लागि म साझा उम्मेदवार भएको हो । मेरो पहिलो काम भनेको गठबन्धनको उद्देश्य र मिसनका रुपमा दृढतापूर्वक उभिने हो ।

दोस्रो कुरा, दाङको विकास निर्माण र समृद्धिको नेतृत्व गर्ने हो । तेस्रो काम प्रतिनिधिसभा भनेको कानुुन बनाउने थलो पनि हो । मैले विगतमा उत्पीडित वर्ग समुदायको अधिकार सुनिश्चित गर्न जति भूमिका निर्वाह गरेँ, त्यो अनुुरुप अझै केही कुरा बाँकी छन् । ती पूरा गर्ने काम मेरो तेस्रो लक्ष्य रहन्छ ।

मैले के थपेको छु भने महिलाहरुलाई राजनैतिक अधिकार दिएका छौँ । त्यो केही प्रतिशत महिलाहरुमा मात्रैै लागुु हुने रहेछ । महिलाहरुले आर्थिकस्तर कसरी फेर्नुु पर्छ, महिलाहरु जोडिएका संघसंस्थाको उत्थान कसरी गर्नुु पर्छ, चुलोचौकामा सीमित महिलाहरुलाई आयआर्जनमूलक योजनामा कसरी जोड्न सकिन्छ भन्ने कुरा मेरो चौथो काम रहनेछ । हामीले प्रतिबद्धता पत्रमा ‘हरेक क्षेत्रमा महिला, नेतृत्वमा पहिला’ नारा राखेका छौँ । त्यसको ठोस र मूर्त योजना हामीले बनाउने छौँ ।

निर्वाचनमा नेताहरु मिठा कुरा गर्छन् । आश्वासन र सपना भरिएको संकल्पपत्र मतदाता माझ विगतमा पुुगे, अहिले पनि पुुगेका छन् । तपाईले अघि सारेका यी योजना र मुुद्दा पूरा हुुन्छन् भन्ने आधार के छ ?

यी सबै योजना र मुद्दाहरु पूरा गर्ने कुरामा मैले भोलि पाउने पदीय हैसियत, मेरो जिम्मेवारीमा पनि धेरै कुरा निर्भर हुन्छ । म आफै जिम्मेवारी पूरा गर्ने ठाउँमा पुुगेँ भने म आफैले गर्छुु । यदि भएन भने यी योजना र मुद्दा पूरा गर्न निरन्तर संघर्ष गर्छुु । त्यसका लागि प्रयत्नशील रहन्छु । मतदाताहरुले महसुस गर्ने गरी संघर्ष र प्रयत्नशील रहने छुु । आश्वासन र सपनाका कुरामा हामीले मनोेरेल, पानी जहाज, घरघरमा ग्याँस लाईनका कुरा गरेका छैनौँ ।

हामीले सामान्य कुलोपानी, बिजुुली, बाटोघाटो, खानेपानी, कृषि उत्पादनका कुरा गर्दै आइरहेका छौँ । अर्काे कुरा के हो भने राजनीतिप्रति जनताको जुन वितृष्णा पैदा हुँदै गइरहेको छ, नेता भनेका यस्तै हुन्, जुन जोगी आए पनि कानै चिरेका भन्नेजस्ता कुरालाई जनताको मनबाट बदल्नु छ । सायद म उम्मेदवार नभएको भए मेरो पनि गुुनासा तिनै हुन्थे होला ।

मैले यो कुरालाई कसरी बुुझेको छु भने राजनीतिक कर्ममा लागेको अग्रज नेताहरुले यहाँसम्म ल्याउनु भयो, त्यसप्रति सम्मान छ । तर राजनीतिक संस्कारभित्र जुुन कुुसंस्कार पैदा भएको छ, त्यसलाई फेर्दै लैजानुु पर्छ भन्ने छ । यी राजनीतिक दल र नेताप्रति नकारात्मक भाव पैदा हुँदै गइरहेको छ । यसलाई चिर्न नसक्ने हो भने हाम्रो व्यवस्थामाथि नै चुनौती बन्न सक्छ । त्यो नकारात्मक प्रवाहलाई चिर्ने कामको नेतृत्व पनि अब हामीले गर्ने हो । पानीको पोखरी फोहोर भयो भने पाखामा बसेर फोहोर भयो भन्नुुभन्दा पनि त्यहाँ पसेर सफा गर्न लाग्नुु प¥यो । तर त्यही पोखरीमा डुुब्नुु भएन ।

मैले निष्ठावान राजनीति गर्दै आइरहेको छु । राजनीतिलाई भ्रष्टाचारको केन्द्र बनाउने होइन । जनताको सेवक जनप्रतिनिधिहरु हुन् भन्ने कुरा मेरो आचरण, व्यवहार, संस्कारबाट जनतालाई देखाउन प्रतिवद्ध छु ।

यो क्षेत्रमा एमालेका महासचिव शंकर पोखरेलसँग तपाईको चुनावी प्रतिस्पर्धा छ । ‘हेभी वेट’ नेतासँगको चुनावी प्रतिस्पर्धालाई कसरी लिनुभएको छ ?

चुुनावी प्रतिस्पर्धा जो सँग पनि हुुन सक्छ । मैले अर्काेसँग भएको भए हुने थियो, उनीसँग किन भयो भन्ने कुरा सोचेको पनि छैन । मैले के विश्वास गर्छु भने निर्वाचन लड्ने पदले होइन । चुनाव एजेण्डाका आधारमा लड्ने हो ।

विगतमा प्रधानमन्त्री भएका व्यक्ति पनि पराजित हुनु परेको छ । त्यो कुरा तपाईलाई अवगत छ नै । अर्को कुरा, पोखरेल जसरी प्रतिगमनको रक्षामा उभिनुुभयो, म त प्रतिगमनविरुद्ध माइतीघरमा उभिएँ ।

हिजो गणतन्त्र प्राप्तिको आन्दोलनमा उभिएँ, गणतन्त्रका लागि आन्दोलनमा उभिँदै गर्दा वर्षदिन आर्मी हिरासतमा बसेँ, जहाँ मैले शारीरिक, मानसिक यातना थुप्रै भोगेँ ।

के मैले गणतन्त्र प्राप्तिको आन्दोलनमा भोगेको त्यो यातना र पीडा उहाँको भन्दा कम र ? संविधान निर्माणमा उत्पीडित वर्ग समुदायको अधिकारका सवालमा जे भूमिका खेलेँ, के त्यो उहाँले पाउनुु भयो र ? मैले दाङको विकास निर्माणका लागि जे जति गर्न सकेँ, त्यो भूमिका के उहाँको भन्दा मेरो कम थियो र ? मेरो विगत र वर्तमान हेरेर नै मतदाताहरुले मूूल्याङ्कन गर्ने हो । यसैका आधारमा मैले मतदाताहरुलाई भनेको छु्, ‘म आउँछुु, मेरा कुरा म गर्छु । अर्काे आउँछ, आफ्ना कुरा गर्छ । फैसला गर्ने अधिकार तपाईलाई छ ।’

त्यसका कारण उहाँले प्रतिस्पर्धा नै छैन भन्नुभएको छ । मैले प्रतिस्पर्धा छ भन्ने ठानेको छु । यही निर्वाचनमा प्रतिस्पर्धी नै नभए त निर्वाचन लड्नुको मज्जा नै कहाँ भेटिन्छ र ? र यसपालि निर्वाचन गठबन्धनले जित्छ, ढुुक्क हुुनुुस् ।

गत स्थानीय तहमा पनि सत्तारुढ गठबन्धनविरुद्ध एमालेले जबर्जस्त उपस्थिति जनायो । अहिले फेरि तपाईहरु चुुनाव जित्छौँ भन्नुुहुुन्छ । यो त्यति सहजै सम्भव छ र ?

स्थानीय तहको निर्वाचनको समीक्षा गर्दा यहाँ हामीले निर्वाचन प्राविधिक रुपमा हारेका छौं । ३१ हजार मत नेकपा एमाले लिएको छ भने सत्ता गठबन्धनले २६ हजार सदर मत लिएको छ । तर बदर मत सत्ता गठबन्धनको १० हजारभन्दा बढी छ । जम्मा ५ हजार मतले हारिएको छ । त्यही मत सदर भएमा हामीले निर्वाचन जित्छौं । अर्काे कुरा, हामीले पाएको सदर र बदर मतको कुरा गर्ने हो भने गठबन्धन अगाडि नै छ । हिजो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँगको गठबन्धन पहिलो अभ्यास थियो । जसका कारण केही अप्ठ्यारो भयो । स्थानीय तहको निर्वाचनमा पराजय व्यहोर्दा हामीलाई ५ वर्ष विकास निर्माण घाटा लाग्यो । तर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हार्दा प्रतिगमनले जित्ने, अग्रगमनले हार्ने हुुन्छ ।

अहिले नेकपा एमालेभित्रका केही साथी प्रतिगमनविरुद्ध हामीसँग हुनुुहुुन्छ । प्रतिगमनविरुद्ध एकै ठाउँमा उभिएका दलहरु चुनावी मैदानमा छौं । यस आधारमा अग्रगमनको जित निश्चित छ ।

चुनाव जित्नेमा ढुक्क छु : शंकर पोखरेल

उम्मेदवार, नेकपा एमाले

निर्वाचनको समय नजिकिँदै छ । चुनावी प्रचार–प्रसार कस्तो छ ? मतदाताहरुको प्रतिक्रिया कस्तो पाउनुुभएको छ  ?

मंसिर ४ आउन केही दिनमात्र बाँकी छ । म अहिले मतदाता भेटघाटमा व्यस्त छु । कतै घरदैलो त कतै सभा, समारोह चलिरहेको छ । घरदैलो अभियान पनि चलिरहेको छ । मतदाताका घरदैलोमा पुुग्दा दाङ–२ ले दाङको समग्र विकासका लागि मलाई नै खोजिरहेको प्रतिक्रिया मैले पाएको छुु ।

मतदाताहरु दाङको विकास र समृद्धिको जिम्मेवारी मैले नै लिनुुपर्छ भन्ने कुरा दर्शाउँदै आइरहनुुभएको छ । संक्षिप्तमा भन्ने हो भने दाङले मलाई नै खोजेको छ । दङ्गालीले मलाई नै खोजेका छन् ।

तपाईबाट मतदाताहरुले के अपेक्षा राखेका छन् ?

सामान्यतया मतदाताहरुको विकास निर्माणकै अपेक्षा ज्यादा छन् । जनताका कुलोपानी, सडक यिनै कुरा नै हुन् । हामीले यिनै समस्यालाई केन्द्रबिन्दुमा राखेर काम पनि गरेका छौँ । अहिले भएका कामहरु हेर्दै बाँकी कामहरु अगाडि बढाउने योजनाका साथ अघि बढिरहेका छौँ ।

तपाईलाई आगामी ५ वर्षका लागि दाङ क्षेत्र नं. २ जनताले आफ्ना प्रतिनिधिका रुपमा संसदमा पठाए भने अहिलेको भन्दा के नयाँ कुरा पाउँछन् यहाँका जनताले ?

अहिलेको भन्दा फरक के पाउँछन् भन्ने कुराभन्दा पनि दाङको विकास लागि दिगो फाउण्डेशनका आधारहरु तय गर्ने हो । केही आधार तयार भएका छन् । त्यसलाई पूरा गर्ने हो । जस्तो कि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मेडिकल शिक्षाको प्रवर्द्धन गर्ने कुरा, औद्योगिक क्षेत्रका लागि हामीले जग्गा छुुट्याएका छौँ । त्यसलाई डीपीआर तयार गरेर निर्माण गर्ने कुरा, प्राविधिक शिक्षालय निर्माण गर्ने कुरा ।

मुलतः महानगर आधारित पूर्वाधार निर्माण गर्ने कुरा, भविष्यको सहर अव्यवस्थित नहोस् भन्ने कुरा नै हो । खास गरी दाङलाई पूर्व–पश्चिम चार वटा सडक सञ्जाल मार्फत जोड्ने हिसावले योजना तय गरेका छौं । उत्तर दक्षिणका सडकहरुलाई कसरी जोडन सकिन्छ भन्ने कुरा नै हो ।

यातायातको दुुरीलाई कसरी छोटो र सहज सरल बनाउन सकिन्छ भन्ने कुरा नै अहिलेका प्राथमिकताका विषय छन् । रोजगारी सिर्जनाका कुराहरु, आर्थिक क्रियाकलाप गर्ने कुराहरु पनि छन् । कृषिको आधुनिकीकरण र विकासका कुरा नै हो । भविष्यमा दाङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी आर्थिक सवलीकरण ल्याउने कुरा नै हो । दाङका उत्तर भेगका डाडाँपाखा पर्यटकीय सम्भावना बोकेका छन्, तिनीहरुको विकास गर्ने काम नै हो ।

विगतदेखि नै मतदाताहरुमा दलका उम्मेदवारले आश्वासन दिए तर पूरा भएनन् भन्ने छ, यहाँको अवस्था के छ ?

त्यस्तो होइन । दाङको विकासका लागि विगतमा अगुवाहरुले जे कुरा उठाउनुुभएको छ, ती सबै कुरा योजनाका रुपमा रुपान्तरण भएका छन् । यद्यपि ती योजनालाई पूर्णता दिन समय लाग्ला नै । तर कुनै त्यस्तो मुद्दा रहेन जो दाङको विकास योजनामा सामेल भएको छैन । सबै मुद्दा योजनामा सामेल भएका छन् ।

पाँच दलीय गठबन्धन सँगको चुुनावी प्रतिस्पर्धालाई कति चुनौतीका रुपमा लिनुुभएको छ ?

पाँच दलीय गठबन्धन यहाँ खासै छैन । गठबन्धन भनेको नेताहरुको हो, जनताको होइन । यस अर्थमा प्रतिस्पर्धाको विषय भनेको दाङको भविष्यलाई हेर्ने हो । दाङबासीले दाङको भविष्य हेर्ने हो, जनताले गठबन्धनलाई हेरेका छैनन् । दाङको भविष्य निर्माण कसले गर्न सक्छ भन्ने हेरेका छन् ।

तपाईले चुनाव जित्ने आधार के हुन् ?

हामीले चुनाव जित्ने आधार राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीले खेलेका भूमिका र मैले दाङको विकास निर्माणमा खेलेको भूूमिका अनि भविष्यमा पुु¥याउने योगदान नै हो ।

चुनाव जित्नेमा ढुुक्क हुनुुहुन्छ ?

जनताको अपेक्षाको हिसाबले म ढुुक्क छुु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप