बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

आम निर्वाचन : मंसिर ४ गते देशभरको मौसम सफा रहने

बुधबार, ३० कात्तिक २०७९, १६ : ३५
बुधबार, ३० कात्तिक २०७९

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको दिन देशभरको मौसम सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बुधवार तीन दिनको मौसम बुलेटिन सार्वजनिक गर्दै आम निर्वाचनको दिन मंसिर ४ गते देशभरको मौसम सफा रहने जनाएको हो ।

नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले हल्का चिसो बढ्ने तर पानी नपर्ने विभागले जनाएको छ । विभागका अनुसार शुक्रवार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

यस्तै प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। शनिवार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने, उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ । 

यस्तै आइतबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने, उच्च भूभागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको विभागको बुलेटिनमा उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप