बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणबापत दर्शकसँग पाँच सय शुल्क लिने बाटो खुला

बुधबार, ३० कात्तिक २०७९, २३ : ११
बुधबार, ३० कात्तिक २०७९

सर्वोच्च अदालतले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न दर्शकसँग अतिरिक्त शुल्क लिन रोक लगाउने गरी यसअघि जारी अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ । न्यायाधीश प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश गरेको हो ।

सर्वोच्चको यो आदेशसँगै मिडिया हब प्रालिलाई विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणबापत दर्शकसँग अतिरिक्त पाँच सय शुल्क लिने बाटो खुलेको छ ।

अधिवक्ता किशोर पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए । उनले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणमा दर्शकसँग अतिरिक्त शुल्क लिन नमिल्ने जिकिर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप