बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

केकीले मागिन् गगन थापालाई भोट

बुधबार, ३० कात्तिक २०७९, १५ : ३७
बुधबार, ३० कात्तिक २०७९

अभिनेत्री केकी अधिकारीले कांग्रेस उम्मेदवार गगन थापालाई भोट मागेकी छन् । काठमाडौ–४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका गगनलाई केकीले भिडियो सन्देशमार्फत भोट माग्दै असल जनप्रतिनिधिको रुपमा आफ्नो यात्रा अघि बढाउन समेत अनुरोध गरेकी छन् ।

केकीले भोट मागेको भिडियो सन्देशलाई गगनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । सार्वजनिक सन्देशमा केकीले नेपाली कला, साहित्य, संगीत र चलचित्रप्रति गगन थापाको अभिरुचि आफूले पाएको बताउँदै उनले राष्ट्रिय चासोका विषयमा खबरदारी गर्ने कार्यमा महत्वपूर्ण भूमिका  निर्वाह गर्दै आएको समेत उल्लेख गरेकी छन् । 

‘कोभिड महामारीको समयमा उहाँले म र मेरा शुभचिन्तकको प्रश्नको जवाफ दिनुभएको थियो’ केकीले गगनबारे अगाडि भनेकी छन्–‘राष्ट्रप्रतिको निष्ठा, जनताप्रतिको सेवाभाव र इमान्दारिता उहाँको प्रशंसनीय छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप