बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्यो रेमिट्यान्स आप्रवाह, ३ महिनामा २ खर्ब ८१ अर्ब भित्रियो

बुधबार, ३० कात्तिक २०७९, १५ : ३५
बुधबार, ३० कात्तिक २०७९

चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा रेमिट्यान्स आप्रवाह बढेको छ । साउनदेखि असोज महिनासम्मको अवधिमा १६.८ प्रतिशतले रेमिट्यान्स आप्रवाह बढेको हो ।

आप्रवाह बढेसँगै यस अवधिमा २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको यही अवधिमा रेमिट्यान्स आप्रवाह ७.१ प्रतिशतले खुम्चिएको थियो । यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.९ प्रतिशतले वृद्धि भइ २ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षमा यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो ।

यस्तै, समिक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १२३.१ प्रतिशतले बढेको छ । यससँगै, यस अवधिमा १ लाख ४७ हजार ९३२ जनाले श्रम स्वीकृती पाएका छन् । यस्तै, यस अवधिमा पुनः श्रम स्वीकृती लिनेको संख्या ६६.२ प्रतिशतले बढेर ५७ हजार ८६१ पुगेको छ । गत वर्ष पुनः श्रम स्वीकृती लिनेको संख्या २१९ प्रतिशतले बढेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप