यसरी गरौँ सांस्कृतिक सम्पदाको संरक्षण
विश्वदेव भट्टराई
आजकल फेसबुकका भित्ताहरूमा वास्तुकलाविद् तथा सम्पदाविद्माझ एउटा बहस चलेको देखिन्छ । हाम्रा परम्परागत मठ, मन्दिर, पाटीपौवालगायतका सम्पदाहरूमा सिमेन्ट, क्रङ्किटको प्रयोग गर्न हुँदैन र यो सम्पदा संरक्षणको सिद्धान्त विपरीत छ भन्ने आवाज चर्को सुनिन थालेको छ ।
काठमाडौँ महानगरपालिकाले सुरु गरेको रानीपोखरी पुनर्निर्माण होस् या पुरातत्व विभागले सुरु गरेको टुँडालदेवीको पुनर्निर्माण, वास्तुकलाविद्हरूले त्यसको खुलेर विरोध गरेका छन् । रानी पोखरीको पुनर्निर्माण कार्य त लाजैमर्नु अवस्थामा हुँदै थियो जुन व्यापक दबाब पछि अहिले स्थगित गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइको राणाकालीन सम्पदाहरू धमाधम भत्काउने र त्यसको स्थानमा भिन्न आकार, प्रकारको भवन बनाउने निर्णय गर्नु पनि अर्को आश्चर्यको विषय छ । म सम्पदाविज्ञ त हैन तर वास्तुकलाको विद्यार्थीको नताले यस विषयमा केही चासो अवश्य रहन्छ ।
पुरातत्व विभाग, काठमाडौँ महानगरपालिकाको कार्यालय तथा अन्य विकास साझेदारहरूबाट भइरहेको सम्पदा (अमूर्त) संरक्षण तथा पुनर्निर्माणमा सिमेन्ट, क्रङ्किट तथा प्रवलिक्रित क्रङ्किटको प्रयोग तथा सम्भावित प्रयोगप्रति वास्तुकलाविद्हरूको राय बाझिएको छ । पुनर्निर्माणमा संलग्न विकास साझेदारहरू, जसले भनेको कुरा यो पनि ठीक, त्यो पनि ठीक भन्दै बस्ने पुरातत्व विभागको कुनै ठोस अडान र पुनर्निर्माणको सैद्धान्तिक धरालत नै नभएको जस्तो लाग्छ । त्यसमाथि कामपाको आप्mनै सुर र तालको काम, अचम्म त के छ भने विज्ञ ठानिएका परामर्शदाताहरू प्नि आप्mने राय दिनभन्दा सरकारी निकायले के चाहन्छ, त्यस्तै किसिमको प्रतिवेदन पेश गरी भुक्तानी लिन आतुर देखिन्छन् । भूकम्पबाट धेरै पुरातात्विक सम्पदाहरू क्षतविक्षत भएका छन् । माथिका उल्लेखित अवस्थाबाट के अनुमान गर्न सकिन्छ भने तिनको पुनर्निर्माण गर्न त्यति सहज हुने छैन, जुन कुरा विद्यमान गतिहीनता तथा सम्बन्धित निकायहरूकाट भइरहेको गतिविधिबाट प्रष्ट छ । म सम्बन्धित विषयको विज्ञ नभएकाले यी कुरामा धेर केन्द्रित हुनभन्दा मैले उठन गर्न खोजोको कुरामा केन्द्रित हुन चाहन्छु । यहाँ उठान गरिएको विषयवस्तुप्रति सबैको समान धारणा नरहन सक्छ ।
सम्पदा मूर्त तथा अमूर्त दुवै हुन्छन् । यसको परिभाषा सपेक्ष पनि हुँदैन । मठ, मन्दिर, पाटीपौवा, देवल, चैत्य, स्तूपलगायतका मूर्त सम्पदाहरूका सथै हाम्रो धर्म, कला, संस्कृति, भेषभूषा, भाषा, रहनसहन, दैनिकीलगायतका अमूर्त सम्पदाहरू हाम्रा धरोहर हुन् । क्षतिग्रस्त मूर्त सम्पदाहरूको पुनर्निर्माणमा प्रयोग भइरहेको सिमेन्ट, क्रङ्किटको सान्दर्भिकता एका ठाउँमा छ भने लोप हँुदै गरेको धर्म, कला, संस्कृति, भेषभूषा, भाषा, रहनसहन, दैनिकीलगायतका अमूर्त सम्पदाको अर्को । मूर्त सम्पदाको मात्र पुनर्निर्माण सही हँुदौमा पहिचान जोगिन्छ भन्ने कुरामा कदापि विश्वास गर्न सकिँदैन । सम्पदाको पुनर्निमाण गर्दा त्यसलाई जस्ताको त्यस्तै, दुरुस्तै हाम्रा पुर्खाले बनाएको जस्तो गरी गर्नुपर्छ भन्नेलाई मेरो प्रश्न छ, “के तपाईंको दैनिकी, रहनसहन, भेषभूषा, धर्म संस्कृति, खानपिन, हाम्रा पुर्खाले अपनाएको जस्तै छन् त ?” पक्कै पनि छैन । यो भानेर त्यस्तै हुनुपर्छ भन्न खोजोको अवश्य हैन । परम्परागत वास्तुकलाको संरक्षणका ठूला नारा हामी लगाउँछौँ तर हामीले बनाएका र आप्mनै घरहरू हेरौँ । यी कत्तिको परम्परागता वास्तुकलासँग मेल खान्छन् । दुईवटा आँखीझ्याल र केही इँटाका बुटा ठेल्दिँदैमा आपूmलाई परम्परागत वास्तुकलाको हिमायती ठान्न कत्ति मिल्छ ? कुरा घर र भवनको मात्र हैन, हाम्रो चाडपर्व मनाउने ढर्रा हेरौँ, विवाह व्रतवन्ध, पास्नी गुफा, गुन्युचोली आदि उत्सवमा हुने तडक भडक भोज हेराँै, त्यसमा भएको परिवर्तन हेराँै र फेरि फर्केर हाम्रो परम्परा सम्झौँ । के हामीले हाम्रा पुर्खाको धरोहर धानेका छौँ त ? केही जात्रा र पर्व छाडेर, हाम्रो संस्कृति तथा रहनसहनमा धेरै परिवर्तन भइसकेको छ । परम्परागत भेषभूषा, रीति थिति प्रायः लोप भइसकेका छन् । ०६२–०६३ को जनआन्दोलनपछि उठेका जातीय नाराको बहावपछि थोरै भाषा समुदाय आप्mनो भेषभूषा, कला, भाषाप्रति सजग भए जस्तो लाग्छ । तर त्यो पनि विशेष पर्व आदिमा मात्र सीमित देखिन्छ । हामी आप्mनो कला, संस्कृति, भाषा, भेषभूषा, धर्ममा धेरै धनी हुँदाहुँदै पनि समाजले त्यसलाई दुरुस्तै अङ्गीकार गर्न सकिरहेको छैन भनाँै वा विश्वव्यापीकरणको चपेटामा पर्र्यो भनौँ ।
नेपाल सानो राष्ट्र भए पनि यहाँ धेरै मूर्त तथा अमूर्त विविधता छन् । यो नै हाम्रो गर्विलो पहिचान हो । तर विश्वव्यापीकरणको चपेटामा पर्दै गर्दा यी मूर्त तथा अमूर्त सम्पदाहरू ओझेलमा पर्दै छन् । यी पहिचान जोगाउनतिर लाग्नु त धेरै परको कुरा, हामी ससाना समस्याहरू समाधान गर्ने सामथ्र्य देखाउन सकिरा छैनौँ । विश्व आर्थिक क्रान्तितर्फ लम्किरहेको छ भने हामी ती ससाना समस्याहरू माझ अल्झँदै अतिकम विकसित राष्ट्रको छविबाट गुज्रिरहेका छौँ । यतातर्फ ध्यान दिने हो भने हामीलाई मूर्त र अमूर्त दुवै सम्पदाहरू जोगाउन निकै कठिन देखिन्छ । यी सम्पदाहरू जोगाउने कुरामा यहाँ आर्थिक पक्षभन्दा पनि सामाजिक पक्ष धेरै महत्वपूर्ण कुरा रहन्छ । पुर्खाले जगेर्ना गरी यहाँसम्म ल्याएका यी तमाम मूर्त र अमूर्त दुवै सम्पदा जोगाउनु उत्तिकै महत्वपूर्ण छ । तर हामी सामुको अवस्थाले त्यो निकै चुनौतीपूर्ण छ ।
मूर्त सम्पदा मात्र संरक्षण हुनु ठीकै छ तर त्यसलाई जस्ताको त्यस्तै संरक्षण गर्नुपर्छ भन्दै हिँड्ने तर आपूmसँग सम्बन्धित अमूर्त सम्पदाको थोरै पनि वास्ता नगर्ने वास्तवमा ढोगी हुन् । सम्पदा तब जीवन्त हुन्छ, जब त्यहाँ मूर्त तथा अमूर्त दुवै समाहित हुन्छन् ।
मूर्त सम्पदाको मात्र संरक्षण हुनु भवनहरूको चिडियाघर (श्यय) बनाउनु सरह हो । केवल हेर्नका लागि र केही पर्यटक लोभ्याउनका लागि । हामी के स्पष्ट हुन जरुरी छ भने हामीलाई जीवन्त सम्पदा चाहिएको हो वा चिडियाघर सम्पदा । जीवन्त सम्पदा चाहिएको हो भने मूर्त र अमूर्त दुवै सम्पदा जोगाउनु उत्तिकै जरुरी छ, जुन निकै कठिन पनि छ । सम्पदाको संरक्षण भवनसँग मात्र सम्बन्धित पक्कै पनि हुँदैन, अमूर्त सम्पदाको संरक्षण पनि उत्तिकै जरुरी छ । यदि हैन, अमूर्त सम्पदाको मात्र संरक्षण गर्नुपर्छ, जुन सहज र बसमा छ भन्ने हो भने त्यसले सम्पदाको चिडियाघर नबनाउला भन्न सकिन्न, जुन हेर्नलाई राम्रो देखिएला ।
त्यस्तो संरक्षण वा पुनर्निर्माण गर्दा वास्तविक स्वरूपमा फरक नपर्ने गरी सिमेन्टको वाञ्छनीय प्रयोग गर्दा के फरक पर्ला ? पुरातत्विक सम्पदाको पुनर्निर्माण र संरक्षणमा विगतमा त्यस्ता प्रयोग प्रशस्तै भएका छन् । त्यससम्बन्धी अन्राष्ट्रिय सन्धि सम्झौतामा पनि वाञ्छनीय प्रयोग बारे उल्लेखित छ । केही मात्रामा हुने सिमेन्टको प्रयोगले सम्पदा बलियो हुन्छ भने त्यो प्रयोग किन नगर्ने ? हामीलाई थाह छ, कुनै पनि संरचना पूर्ण रूपले भूकम्प प्रतिरोधी हँुदैन । यसर्थ आप्mनै प्रविधि र सीप प्रयोग गरी बलियो बनाउन सके अझ राम्रो हो । नसके पनि केही परिवर्तन हुने कुरा स्वीकार गर्नु उपयुक्त हुन्छ । तर हामीसँग सम्बन्धित अमूर्त सम्पदामा आएको विशाल परिवर्तन अगाडि हाल भइरहेको परिवर्तन सामान्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कहाँबाट निम्ता आयो, कहाँबाट आएन भनेर गिर्नुपर्ने अवस्था आयो’
-
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
-
अफगानिस्तानपछि नेपालले बलियो दक्षिण अफ्रिकालाई पनि हरायो
-
वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मिटरब्याजीको ट्र्यापमा परे : श्रममन्त्री भण्डारी
-
विद्यार्थी घटेपछि बागलुङका १० विद्यालय बन्द
-
डीडीसी सुधारका लागि सक्दो प्रयास गर्दैछु : मन्त्री अधिकारी