शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नासाद्वारा चन्द्रमाका लागि अहिलेसम्मकै शक्तिशाली रकेट प्रक्षेपण

बुधबार, ३० कात्तिक २०७९, १५ : ०२
बुधबार, ३० कात्तिक २०७९

अमेरिकी स्पेस एजेन्सी नासाले चन्द्रमातर्फ पठाउने हालसम्मको सबैभन्दा शक्तिशाली रकेट स्पेस लञ्च सिस्टमलाई सफलतापूर्वक लञ्च गरेको छ । यो नासाका लागि एक ऐतिहासिक पल हो ।

यो लञ्च तोस्रो पटकको कोसिसमा सफल हुन सकेको हो । यसअघि अगस्ट र सेप्टेम्बरमा यसको प्रक्षेपण रोकिएको थियो ।

यो नासाको आर्टेमिस मिसनको हिस्सा हो जसअन्तर्गत ५० वर्षपछि एक पटक पुन मानिसलाई चन्द्रमामा पठाउने तयारी भइरहेको छ । यो यस रकेटको पहिलो मिसन हो जसमा कुनै अन्तरिक्ष यात्री सवार हुने छैनन् । तर यदि यो मिसन सफल रह्यो भने भविष्यमा यो रकेटमाफर्त् अन्तरिक्ष यात्री मिसनमा जान सक्नेछन् ।

र यदि सबैकुरा ठिक भएमा सन् २०२४ देखि मानिसले फेरि चन्द्रमामा पाइला राख्न सक्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप