अनलाइनमार्फत सेवा प्रवाह हुन थालेपछि दुःख दिँदै बिचौलिया
वैदेशिक रोजगार विभाग र कार्यालयले अनलाइन प्रणाली मार्फत सेवा प्रवाह गर्दै आएका छन् । यी निकायहरूबाट सेवा प्राप्त गर्नको लागि स्वदेश तथा विदेशमा रहेका सेवाग्राहीहरू विभाग वा कार्यालयमा भौतिक रूपमा उपस्थित हुन नपर्ने गरी व्यवस्था मिलाइएको छ ।
प्रचलित कानुन बमोजिम लाग्ने दस्तुर पनि अनलाइन प्रणालीबाटै भुक्तानी गर्ने व्यवस्था छ । त्यतिगर्दा पनि सेवाग्राहीको नाममा बिचौलियाहरू कार्यस्थलमा प्रवेश गर्ने, कर्मचारीहरूलाई कार्यसम्पादनमा असर पर्ने खालका गतिविधि गर्दै आएको पाइएको छ । कार्यस्थलमा प्रवेश गरी कर्मचारीहरूलाई कार्यसम्पादनमा असर गर्ने, विधि र प्रक्रिया नमिलेका कामहरू गर्न अनेक दबाब दिने, प्रलोभनमा पार्ने तथा आफ्नो निहित स्वार्थ पूरा नहुँदा कार्यालयको काम कारबाहीप्रति नकारात्मक टिप्पणी र मिडियावाजी गर्ने प्रवृत्ति देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विभाग र कार्यालयहरूबाट हुने सेवा प्रवाहबारे मन्त्रालयले निरन्तर प्रणालीमार्फत तथा स्थलगतरुपमा अनुगमन गरिरहेको जनाएको छ । मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकमा विभागीय प्रमुखहरू समेतको उपस्थितिमा सेवा प्रवाह र गुनासो सम्बोधन सम्बन्धमा सघन रूपमा छलफल गरी निराकरण गर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
सेवा प्रवाह हुने निकायहरूबाट अनलाइन मार्फत नै आ–आफ्नो स्थानबाटै लिन सेवाग्राहीहरूलाई मन्त्रालयले अनुरोध समेत गरेको छ । अनलाइनमार्फत् प्राप्त हुने सेवाको लागि भौतिक रूपमा कार्यालयमा उपस्थित भई भिडभाड गर्ने र अनावश्यक समस्या सिर्जना गर्ने काममा संलग्न नहुन समेत सबैमा अनुरोध गरेको छ ।
सेवा प्रवाहको क्रममा बिचौलिया वा अन्य कुनै व्यक्तिको प्रभावमा नपर्न समेत सबैमा अनुरोध गरेको छ । यस विषयमा कुनै गुनासो भएमा कार्यालय प्रमुख÷विभागीय प्रमुख तथा यस मन्त्रालयको कल सेन्टरको निःशुल्क फोन गर्न मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी