प्रणाली परिवर्तन गर्ने कुरा हतारिने विषय होइन : ओली
बुधबार, ३० कात्तिक २०७९, १४ : २९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासन प्रणाली परिवर्तन गर्ने विषय हतारिएर गर्ने कुरा नभएको बताएका छन् । बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले शासन प्रणाली भन्दा पनि व्यवहार परिवर्तन गर्न जरुरी रहेको बताए ।
‘व्यवहार उही, मान्छे उही, प्रवृत्ति र आचरण उही भएपछि जुनसुकै शासन प्रणाली आएपनि हुने केही होइन, त्यो व्यवहारले असर गर्छ’, अध्यक्ष ओलीको भनाइ छ । उनले सत्ता गठबन्धन २० वर्षसम्म रहने भन्ने कुरा असम्भव रहेको भन्दै मंसिर ४ पछि एमाले नेतृत्वको सरकार बन्ने भएकाले खरानीको डल्लोजस्तो हुने टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी