मंसिर ४ निर्वाचन : काठमाडौं उपत्यकामा बिहान ४ बजेदेखि सवारीसाधन सञ्चालनमा प्रतिबन्ध
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका दिन ४ मंसिर बिहान ४ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको कार्यालयमा बुधबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले ४ मंसिर आइतबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
यद्यपि, निर्वाचन आयोगबाट सवारीसाधन सञ्चालनसम्बन्धी जारी मापदण्डअनुसारका अनुमति प्राप्त सवारीसाधनलाई भने सञ्चालनमा नरोक्ने बैठकले निर्णय गरेको छ । निर्वाचन लक्षित सुरक्षा व्यवस्थाबारे छलफल गर्न बसेको उक्त बैठकले मदिरा बिक्री वितरणमा पनि रोकलगाउने निर्णय गरेको छ । निर्णयअनुसार १ मंसिर बिहीबारदेखि मतदानको दिन ४ मंसिर मध्यराति १२ बजेसम्म काठमाडौं उपत्यकामा मदिरा बिक्री वितरण, ओसारपसारमा रोक लगाइएको छ । साथै मतगणना आसपास मतगणना नसकिँदासम्म मदिरा बिक्री वितरण तथा ओसारपसार गर्न पाइने छैन ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?