शेखर कोइराला भएकै कारण शान्ति प्रक्रिया यहाँसम्म आइपुगेको हो : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन दलहरूका समर्थकलाई शान्ति, लोकतन्त्र, संविधानको रक्षा र समृद्धिका लागि एक अर्कामा भोट हाल्न अपिल गरेका छन् । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको चुनावी क्षेत्र मोरङ ६ को सुन्दरहरैंचा ७, गछियामा सत्ता गठबन्धनद्वारा आयोजित चुनावी सभामा उनले यस्तो बताएका हुन् ।
प्रचण्डले डा. कोइरालाले गिरिजाप्रसाद कोइरालाको दाहिने हात भएर काम गरेकै कारण शान्ति प्रक्रिया यहाँसम्म आइपुगेको बताए । फेरि प्रतिगमनको विरूद्द आन्दोलन गर्नु नपरोस् भन्दै उनले लोकतान्त्रिक वाम गठबन्धनलाई जिताउन अपिल पनि गरे ।
प्रचण्डले नेपाललाई पछि धकेल्नेहरूको एमाले नेतृत्वको गठबन्धनलाई पराजित गर्नुपर्ने बताए । आफूहरुको लोकतान्त्रिक वाम गठबन्धनले आर्थिक समृद्धि ल्याउने दाबी गर्दै उनले सुशासन पनि कायम गरिने बताए ।
देशभरी लोकतान्त्रिक वाम गठबन्धनको पक्षमा लहर आएको र गठबन्धन दशकौं पछिसम्म जाने बताउँदै उनले पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालन गर्ने, गछियार बुढीखोलामा तटबन्धन निर्माणगर्ने, सुकुम्वासी समस्या समाधान गर्न लालपूर्जा बाँड्ने बताए ।
प्रचण्डले आफ्नै ज्वाइँ जीवन आचार्यको पनि प्रशंसा गर्दै उनी युवा र गतिशील नेता रहेको बताए । उनी प्रदेस सभाका उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली कोदोको रक्सी संरक्षण तथा व्यवस्थापन समिति गठन
-
ऐसेलुखर्कमा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन निर्माणको अन्तिम चरणमा
-
सरकार र सहकारी सञ्चालक एउटै मञ्चमा, पीडित बचतकर्ता सडकमा
-
कराते टोली अस्ट्रेलिया जाने
-
दुर्गेश थापाको कन्सर्टको टिकट आइएमई पे र खल्तीमार्फत किन्न मिल्ने
-
पत्रकार सुरेश रजकको अन्तिम बिदाइ, तस्बिरहरू