आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सिद्धार्थ इन्स्योरेन्सले साढे ९ प्रतिशत लाभांश दिने

बुधबार, ३० कात्तिक २०७९, १२ : ४९
बुधबार, ३० कात्तिक २०७९

सिद्धार्थ इन्स्योरेन्सले आफ्ना लगानीकर्ताहरूलाई ९.४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको १९४ औं सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार उक्त प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

निर्णयअनुसार चुक्ता पूँजी १ अर्ब २८ करोड ८० लाखको ९.४७ प्रतिशतले हुन आउने नगद लाभांश वितरण हुनेछ । यसको अर्थ कम्पनीले १२ करोड २० लाख २१ हजार रुपैयाँ (कर समेत) वितरण गर्नेछ ।

कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित हुनुपर्ने छ । यस्तै, प्रिमियर इन्स्योरेन्स नेपालसँगको मर्जरपछि मात्रै लाभांश वितरण हुने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप