बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनमाथिको रुसी हमला बर्बर : बाइडेन

बुधबार, ३० कात्तिक २०७९, १२ : ४०
बुधबार, ३० कात्तिक २०७९

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनी नागरिकमाथि गरेको हमलालाई  ‘बर्बर’ भनेका छन् । इन्डोनेसियाको बालीमा आयोजित जी २० शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उनले रुसी हमलाको निन्दा गरेका हुन् । पोल्यान्डमा रुसको एक संदिग्ध क्षेप्यास्त्र प्रहार भइरहेको सन्दर्भमा बाइडेनको भनाइ आएको हो । 

युक्रेनको सिमाना नजिक पूर्वी पोल्याण्डको एक गाउँ प्र्जेवोडोमा भएको विस्फोटमा दुई जनाको मृत्यु भएको थियो । विष्फोट रुसी मिसाइलहरूबाट भएको भन्दै नेटो सहयोगीहरूले अनुसन्धान गरिरहेका छन् । 

यसअघि अमेरिकी गुप्तचर निकायका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसले पोल्याण्डमा रुसी क्षेप्यास्त्रहरू प्रवेश गरेको कारण विस्फोट भएको बताएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप