महापुरुष हेर्न पुगेका राजेश हमाललाई प्रदीपले राखे नयाँ प्रस्ताव
पछिल्लो समयका सफल निर्देशक हुन् प्रदीप भट्टराई । ‘जात्रा’ बाट फिल्म निर्देशनमा होमिएका प्रदीपका ‘शत्रु गते’, ‘जात्रै जात्रा’ समेत हिट मानिन्छ । उनीद्वारा निर्देशित चौथो फिल्म ‘महापुरुष’ अहिले चौथो सातामा प्रदर्शनरत छ । फिल्मले नाफा कमाउन सफल भइसकेको छ ।
‘महापुरुष’ ले राम्रो व्यवसाय गरिरहँदा प्रदीप भने ‘जात्रा’ को तेस्रो सिक्वेल ‘महाजात्रा’ को तयारीमा छन् । जसका लागि उनले अभिनेता राजेश हमाल लिएर काम गर्ने इच्छा राखेका छन् । सोमबार फिल्म ‘महापुरुष’ हेर्न पुगेका हमाल समक्ष प्रदीपले यहि इच्छा राखेका थिए ।
‘राजेश दाईसँग फिल्म गर्ने रहर कसलाई छैन होला र ? दाईलाई चुनौतीपूर्ण भूमिकामा हामीले सोचिरहेका पनि छौं’ प्रदीपले भनेका थिए– ‘दाईले मानिदिनुभयो भने त्यो अबकै प्रोजेक्टमा पनि हुनसक्छ ।’ प्रदीपको कुरामा हमालले भने आफूलाई सुहाउँदो भूमिका भए काम गर्न तयार रहेको बताए ।
प्रदीप राजेशको पनि मनपर्ने निर्देशक हुन् । त्यसैले पनि उनी प्रदीप निर्देशित ‘महापुरुष’ हेर्न हलमै पुगेका हुन् । ‘महापुरुष’ ले पनि हमालको मन जितेको छ । प्रदीपको ‘महाजात्रा’का लागि अभिनेता विपिन कार्की फाइनल जस्तै छन् । अन्य कलाकार भने छनौटको क्रममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार