नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा ११ प्रतिशत लाभांश घोषणा
बुधबार, ३० कात्तिक २०७९, ११ : १४
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ११ प्रतिशत लाभांश घोषणा गरेको छ । मंगलबार बसेको बैंक सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यद्यपि, लाभांश भने राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको साधारण सभाले पारित गरेपछि सदस्यहरूमा वितरण हुनेछ । प्रस्तावित ४ प्रतिशतले हुन आउने ७३ करोड २३ लाख १ हजार ६५३ रूपैयाँ बराबरको बोनस सेयर बाँड्ने छ भने बैंकले १ अर्ब २८ करोड १५ लाख २७ हजार ८९३ रूपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
अघिल्लो वर्ष बैंकले ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत गरी कुल १६ प्रतिशत लाभांश बाँडेको थियो । अघिल्लो वर्षभन्दा यस वर्ष बैँकको लाभांश घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
-
अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलरको भाउ बढ्यो, कसको कति ?
-
च्याम्पियन्स लिग : इन्टरको शीर्षता कायमै, बार्सिलोनाले उछिन्न सक्ने
-
च्याम्पियन्स लिगमा आर्सनलको अघिल्लो यात्रा सहज
-
फेयेनुर्डले अंक खोस्दा पेप ग्वार्डिवलाको म्यान्सिटीलाई कष्ट