नागरिकता विवाद ४ वर्ष अगाडि सल्टिएको विषय हो : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले आफ्नो अमेरिकी पासपोर्ट र नेपाली नागरिकतासम्बन्धी विवाद ४ वर्षअगाडि नै सल्टिएको विषय भएको स्पष्ट गरेका छन् ।
लामिछानेको नागरिकताको विषयमा प्रश्न उठाउँदै निर्वाचन आयोगमा उजुरी परेपछि लामिछानेले फेसबुक लाइभमार्फत प्रष्ट पारेका हुन् । ‘निर्वाचन आयोगलाई जवाफ त पठाइहाल्छु । मैले जवाफ त दिनुनै पर्छ । तर, जुन विषय उठाइएको छ आज भन्दा ४ भन्दा अगाडि सल्टिएको विषय हो’, लामिछानेले भने, ‘सबै जानकारी गराइसकेको विषय हो । उजुरी पर्नु ठूलो कुरा होइन, उजुरी परिसकेपछि जवाफ दिनुपर्छ ।’
प्रक्रिया पुरा गरेर आफ्नो नेपाली नागरिकता कायम गरिएको स्पष्ट गर्दै लामिछालेले उजुरीको विषयमा आत्तिनु पर्ने विषय केही नभएको बताए । आफू अमेरिकाका सबै सुविधा छाडेर देश फर्किएको भन्दै लामिछालेले औपचारिक रुपमा पैसा तिरेर र निवेदन दिएर अमेरिकी पासपोर्ट परित्याग गरेको बताए । ‘निर्वाचनको मुखमा कसैका लागि यो फन्डा भयो होला । हामीमाथि फिजिकल र डिजिटल दुबै आक्रमण निरन्तर चलिनै रहेको छ’, उनले भने, ‘ यसबाट विचलित भएको छैन र कोही पनि नहुनुहोला । आयोगको पत्र आएको छैन । आएपछि आयोगलाई उचित जवाफ दिने नै छु । त्यसैका आधारमा यहाँहरुलाई जानकारी हुने नै छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण