पत्रकार महासंघ लुम्बिनीको साधारण सभा पुसमा

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको साधारण सभा पुस २ गते कपिलवस्तुमा हुने भएको छ । महासंघको भालुवाङमा बसेको बैठकले केन्द्रीय परिपत्र अनुसार साधारण सभा पुस २ गर्ने निर्णय गरेको हो ।
बैठकले साधारण सभा सम्पन्न गर्न वसन्त गिरीको अध्यक्षतामा मूल तयारी समिति गठन गर्नुका साथै महासचिव विक्रम खड्काको संयोजकत्वमा प्रचार प्रसार तथा सचिवालय समिति गठन गरेको छ । कोषाध्यक्ष यमनाथ घिमिरेको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरेको बैठकले प्रदेश मातहतका साधारण सभा नगरेका शाखाहरूलाई अधिवेशन सम्पन्न गर्न आग्रह गर्ने निर्णय गरेको छ ।
बैठकपछि जारी विज्ञप्तिमा महासंघका जिल्ला शाखाहरूलाई प्रदेश पार्षदहरुको विवरण र सदस्यता नवीकरणको विवरण उपलब्ध गर्न उल्लेख गरिएको छ । महासंघले रुकुम पूर्वमा सदस्यता स्थानान्तरणका लागि आएका निवेदनमाथि छानबिन गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला