शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्विटर ब्लु टिक मंसिर १३ देखि पुनः सुरु हुने घोषणा

बुधबार, ३० कात्तिक २०७९, १० : ४२
बुधबार, ३० कात्तिक २०७९

ट्विटरका नयाँ मालिक एलन मस्कले मंगलबार ट्विटर ब्लु टिक सदस्यता योजना नोभेम्बर २९ अर्थात् मंसिर ३ बाट फेरि सुरु हुने जानकारी दिएका छन् । उनले बुधबार बिहान यसबारे ट्वीट गर्दै भनेका छन्, ‘नोभेम्बर २९ मा, ट्विटर ब्लु–भेरिफाइड फेरि सुरु हुनेछ र यसपठक यो पहिले भन्दा बलियो छ भनेर निश्चित गरिनेछ ।’

विगतमा, ट्विटरले आफ्नो ८ डलर सदस्यता शुल्क तिरेर अकाउन्ट भेरिफाईको सेवालाई तत्काल प्रभावबाट रोक्नुपरेको थियो । वास्तवमा, यस योजनाअन्तर्गत, धेरै नक्कली र प्यारोडी खाताहरूले पैसा तिरेर आफ्नो लागि निलो प्रमाणीकरण ट्यागहरू किनेका थिए ।

यस योजनामा ​​आएको अनियमिततालाई ध्यानमा राख्दै ट्विटरले यो प्रक्रिया रोक्नुपरेको थियो ।​ ट्विटर खरिद गरेपछि एलन मस्कले प्रमाणीकरण प्रक्रियाका लागि पैसा लिने घोषणा गरेका थिए । यसपछि प्रमाणीकरणका लागि मासिक आठ डलर शुल्क तोकिएको थियो ।

मस्कले भने– उनीहरुलाई जागिरबाट निकालेर गल्ती भयो

यसबाहेक, एलन मस्क ट्विटरको नयाँ मालिक बनेपछि कम्पनीबाट ठूलो संख्यामा कर्मचारीलाई हटाइयो ।

अब यस्तै दुई कर्मचारीको तस्बिर सेयर गर्दै एलन मस्कले ट्वीटरमा लेखेका छन् कि यी कर्मचारीहरुलाई बर्खास्त गरेर गल्ती भएको छ । अहिले फेरि उनीहरुलाई काममा लगाइएको छ ।

उनले ट्वीट गरे, ‘लिगमा र जोनसन तपाईंहरुलाई स्वागत छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप