आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

डोनाल्ड ट्रम्पद्वारा २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पुनः उम्मेदवारी दिने घोषणा

बुधबार, ३० कात्तिक २०७९, १० : २०
बुधबार, ३० कात्तिक २०७९

रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति चुनाव २०२४ को लागि पार्टीको उम्मेदवार बन्ने घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्र्याट र रिपब्लिकनले पहिले आफूमध्येबाट उम्मेदवार छान्छन् । ट्रम्पको घोषणाको अर्थ उनी अब रिपब्लिकन पार्टीको उम्मेदवार बन्न पार्टीभित्रै चुनावमा उत्रिनेछन् ।

फ्लोरिडाको मार–ए–लागो रिसोर्टमा आफ्नो र्‍याली हुनुअघि उनले पार्टीमा आफ्नो उम्मेदवारीको कागजात बुझाएका छन् ।​ र्‍यालीमा उपस्थित भीडलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘अमेरिकालाई फेरि महान र गौरवान्वित बनाउन आज राती म संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गर्दैछु ।’

उनी भन्छन्, ‘जब मानिसहरूबीच यस्तो माया पाइन्छ तब ठूलो संख्यामा मानिसहरूसँग कुरा गर्न सजिलो हुन्छ ।’ उनले भने, ‘त्यसोभए अबदेखि २०२४ को निर्वाचनको दिनसम्म... म यसअघि कसैले न लडेको जस्तो गरी लड्नेछु । हाम्रो देशलाई भित्रैबाट ध्वस्त पार्न खोज्ने कट्टरपन्थी वामपन्थी लोकतन्त्रलाई हामी पराजित गर्नेछौँ ।’

उनका अनुसार दस्तावेजको विषयमा उनीविरुद्ध न्याय विभागको जाँचमा उनी ‘पीडित’ हुन् ।​ ट्रम्पले आफ्नो भाषणको अन्त्य गर्दै भने, ‘यो अभियान मात्र होइन, यो हाम्रो देश बचाउने प्रयास हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप