अभिनयबाट ब्रेक लिँदै आमिर

बलिउड उद्योगमा लगातार ३५ वर्ष काम गरेपछि आमिर खानले केही समयका लागि अभिनेताका रूपमा ब्रेक लिने निर्णय गरेका छन् । आमिर आफ्नो फिल्मी करियर छोडेर परिवारसँग केही समय बिताउन चाहन्छन् ।
आमिर खानले लाल सिंह चड्ढा पछि च्याम्पियन्स फिल्मको काम सुरु गर्न लागेका थिए । तर उनले अहिले यो भूमिका अस्वीकार गरेका छन् । आमिरले यो फिल्म निर्माण भने गर्ने छन् । लाल सिंह चड्ढाको फिल्म नराम्ररी फ्लप भएपछि आमिरले यो निर्णय लिएको विश्वास गरिएको छ ।
वास्तवमा केही दिन अघि आमिर खान आफ्नो बाल्यकालको साथीले आयोजना गरेको एउटा च्याट शोमा दिल्ली पुगेका थिए । कार्यक्रममा आमिरले आफ्नो करियर र फिल्मका बारेमा खुलेर कुरा गरे । च्याट शोमा आमिरले अब अभिनयबाट ब्रेक लिने योजनामा रहेको खुलाए ।
ब्रेकको घोषणा गर्दै आमिरले भने, ‘जब म कलाकारको रूपमा कुनै पनि फिल्म गर्छु, म त्यसैमा हराउँछु । त्यो बेला मेरो जीवनमा अरू केही हुँदैन। म लालसिंह चड्डापछि च्याम्पियन्समा काम सुरु गर्न लागेको थिएँ । फिल्मको स्क्रिप्ट गजबको थियो, कथा पनि मन पर्‍यो । तर त्यसपछि मलाई मेरो परिवार, आमा र छोराछोरीसँग समय बिताउनको लागि ब्रेक चाहिन्छ भन्ने महसुस भयो।’
कुराकानीका क्रममा आमिरले भने, ’मलाई लाग्छ कि म ३५ वर्षदेखि लगातार आफ्नो काममा केन्द्रित छु । मलाई यो मेरो नजिकका व्यक्तिहरूमाथि अन्याय भएको महसुस हुन्छ। त्यसैले लाग्छ कि मैले आफ्ना प्रियजनहरूसँग केही समय बिताउनु पर्छ ताकि मैले जीवनलाई फरक तरिकाले अनुभव गर्न सकूँ। अब एकदेखि डेढ वर्षसम्म अभिनेताका रूपमा काम गर्दिनँ ।’
च्याम्पियन्स फिल्मको बारेमा कुरा गर्दै आमिरले भने, ‘म अब निर्माताको रुपमा च्याम्पियन्सको हिस्सा हुनेछु । अब म आफ्नो फिल्ममा काम गर्न कलाकारसँग सम्पर्क गर्नेछु । आशा छ म यो काम राम्रोसँग गर्न सक्छु। अब म मेरो जीवनको यस्तो चरणमा छु जब मैले सम्बन्धको आनन्द लिनुपर्छ। मलाई लाग्छ म अहिले जीवनबाट यही चाहन्छु।’
दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन