रुसी मुक्त शहर खेरसनको भ्रमण गरेपछि के भने जेलेन्स्कीले ?
बुधबार, ३० कात्तिक २०७९, ०७ : ०९

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालै रुसी मुक्त गरिएको खेरसन सहरको भ्रमण गरेका छन् । युक्रेनी सेना प्रवेश गरेको केही दिनपछि जेलेन्स्की सो क्षेत्रको भ्रमण गरेका हुन् । रुसी सेनाले गत शुक्रबार खेरसन क्षेत्र छोडेको थियो ।
जेलेन्स्कीले युक्रेनी सेनले खेरसन शहरलाई पुनः कब्जा गरेपछि रूसी कब्जाकर्ताहरूले सयौं नयाँ “युद्ध अपराध“ गरेको प्रमाण फेला पारेको बताएका छन् । मुक्त शहरमा युक्रेनीहरूले राहत व्यक्त गरेका छन् । फेब्रुअरीमा रुसले आक्रमण गरेपछि खेरसन सहर कब्जा हुने पहिलो प्रमुख सहरी क्षेत्र थियो ।
यो क्षेत्र क्रेमलिनले सेप्टेम्बरमा कब्जा भएको घोषणा गरेको चार मध्ये एक शहर हो । यसै बीच, क्रेमलिनले खेरसन अझै पनि रूसको हिस्सा भएको विषयलाई जोड दिन छोडेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, के गर्ला निर्णय ?
-
सन् २०२८ सिजनबाट आईपीएलमा खेल सङ्ख्या बढाएर ९४ पुर्याउने योजना
-
भर्ना अभियान प्रभावित हुँदा साढे पाँच लाख थान पुस्तक गोदाममै थन्किए
-
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
-
जसपा नेपालले पहिचानको आन्दोलनलाई देशव्यापी विस्तार गर्ने
-
रातो मच्छिन्द्रनाथको रथारोहण, तस्बिरहरू