जापानमा शक्तिशाली भूकम्प
बुधबार, ३० कात्तिक २०७९, ०६ : ४१
जापानमा शक्तिशाली भूकम्प गएको छ । सोमबार मध्य जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पपछि टोकियोलगायतका शहरमा धक्का महसुस गरिएको थियो । भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको छैन ।
भूकम्प सोमबार साँझ मध्य मिई प्रिफेक्चरको करिब ३५० किलोमिटर (२१७ माइल) गहिराइमा गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । सार्वजनिक प्रसारक एनएचकेका अनुसार भूकम्पबाट फुकुशिमा आणविक संयन्त्रहरूमा कुनै क्षति रिपोर्ट गरिएको छैन । अमेरिकी भूगर्भ सर्वेक्षणले पनि ६.१ रेक्टर स्केलको भूकम्प मापन गरेको छ ।
भूकम्पको केन्द्रबिन्दुबाट सयौं किलोमिटर टाढा रहेको उत्तरी टोकियोको फुकुशिमा र इबाराकी प्रान्तहरूमा धक्का महसुस गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईटी विदेशी मुद्रा भित्र्याउन सक्ने सम्भावना रहेको क्षेत्र : अध्यक्ष ढकाल
-
९ महिनामा ११९ चलचित्र सेन्सर : ११ लाई एडल्ट, ६४ लाई ‘पीजी’ प्रमाणपत्र
-
गाजामा युद्धविरामका लागि हमासमाथि दबाब बढाउँदै अमेरिका
-
प्रिमियरमा रुचाइयो ‘मनसरा’
-
एकैदिन तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य
-
फिल्मको जानकारी दिन मोफसल यात्रामा ‘खजुरे ब्रो’