शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

रौतहट ३ मा स्वतन्त्र उम्मेदवार नै हावी

बुधबार, ३० कात्तिक २०७९, ०६ : २८
बुधबार, ३० कात्तिक २०७९

देशभर सत्तारुढ पाँच दलीय गठबन्धन र प्रतिपक्षी एमाले गठबन्धनबीच प्रतिस्पर्धा भइराख्दा मधेस प्रदेशको रौतहट ३ मा भने स्वतन्त्र उम्मेदवारबीच नै टक्‍कर  देखिएको छ । 

राष्ट्रिय दलको मान्यता पाएका ६ मध्ये कुनै पनि दलको उम्मेदवार यहाँ छैनन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपाका उम्मेदवार यो क्षेत्रमा शून्य छन् । माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका रवीन्द्र पटेललाई पार्टीले कारबाही गरिसकेको छ । 

स्वतन्त्र उम्मेदवार प्रभू शाहलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ ।  दुई  स्वतन्त्र पूर्व मन्त्री प्रभू शाह र  उद्योगपति ओमप्रकाश जैसवालबीच प्रतिस्पर्धा हुने भएपछि कुन स्वतन्त्र विजयी हुने हुन् भन्ने चासो बढेको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप