प्रधानमन्त्री देउवा बुधबार गृह जिल्ला डडेलधुरा आउँदै

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार गृह जिल्ला आउने भएका छन् । भोलि डडेलधुरा आएर कांग्रेससहित गठबन्धनको चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।
कांग्रेस डडेलधुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवा बुधबार बिहान गृह जिल्ला आइपुग्ने र ११ः३० बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको कांग्रेसले जनाएको छ ।
यसअघि कात्तिक १७ गते गृह जिल्ला पुगेका देउवा चार दिन बसेका थिए । सो क्रममा उनले सात पालिकाका सात वटा चुनावीसभालाई सम्बोधन गरेका थिए । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देउवासहित डडेलधुरामा आठ जना उम्मेदवार रहेका छन् । देउवा विसं २०४८ यताका हरेक निर्वाचनमा विजयी हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविरामपछि कस्तो छ जम्मू र नियन्त्र रेखा नजिकको अवस्था ?
-
कांग्रेसले विश्व पौडेलको नाम दिएपछि गभर्नर छनोट प्रक्रिया फेरि सुरुकै चरणमा
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्न नमिल्ने
-
युद्धविराम कायम राखेकोमा ट्रम्प खुसी
-
नीति तथा कार्यक्रम यथार्थपरक र कार्यान्वयन योग्य छ: एमाले
-
सगरमाथा संवादका लागि भारतबाट १५ विद्युतीय गाडी सहयोग