सदस्य सचिवदेखि उम्मेदवारसम्मलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलाई नेकपा (माओवादी केन्द्र) को प्रचारप्रसारमा सम्लग्न रहेको विषयमा स्पष्टीकरण सोधेको छ ।
सदस्य सचिव घिसिङले रामेछाप जिल्लामा सो दलको प्रचारप्रसारमा सम्लग्न रहेको विषयमा उजुरी परेको थियो ।
आयोगले काठमाडौँको मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीलाई आफ्नो पालिकाभित्र निर्वाचन आचारसंहिता विपरीत आफू निकट दल र उम्मेदवारलाई मत मागेको विषयमा स्पष्टीकरण सोधेको छ । डडेलधुराको पर्शुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशी र उपप्रमुख विमल थापालाई आफ्नो पालिकाभित्र निर्वाचन आचारसंहिता विपरीत आफू निकट दल र उम्मेदवारलाई मत मागेको विषयमा आयोगले स्पष्टीकरण सोधेको छ ।
आयोगले प्रतिनिधिसभा सदस्यका काठमाडौँ क्षेत्र नं. १ का हाम्रो नेपाली पार्टीका उम्मेदवार डम्बर साहुलाई दलीय आबद्धता स्पष्ट नगरी प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको छ । आयोगले प्रतिनिधिसभा सदस्यका मकवानपुर क्षेत्र नं. १ का हाम्रो नेपाली पार्टीका उम्मेदवार दीपेन्द्रचन्द ठकुरीलाई दलीय आबद्धता स्पष्ट नगरी प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।
–––
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा
-
कर्णाली नदीमा बेपत्ता भएका दुई किशोर अझै भेटिएनन्
-
आर्यघाटमा मुर्दा बोल्यो, तर बोलेनन् जिउँदाहरू !
-
रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैन: अर्थमन्त्री पौडेल
-
सैन्य आक्रमण जारी रहँदा भारतले पाकिस्तानसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको भन्दै आलोचना