निर्वाचन बहिष्कार गर्न हिँडेका मशालको ‘विद्रोही समूह’ बागलुङमा पक्राउ
मङ्गलबार, २९ कात्तिक २०७९, २० : ०७

निर्वाचन बहिष्कार गर्न हिँडेका नेपाल कम्युनिस्ट पार्टी (मशाल)को विद्रोही समूहलाई प्रहरीले बागलुङबाट पक्राउ गरेको छ । चुनाव बहिष्कार कार्यक्रमको कोणसभा गर्न लागेको अवस्थामा नेकपा (मशाल)का पोलिटब्युरो सदस्य कृष्णराज पौडेलसहित १३ जनालाई पक्राउ गरिएको बागलुङका एसपी दयानिधी ज्ञवालीले रातोपाटीलाई बताए ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्न हिँडेका उनीहरू जैमिनी नगरपालिका–१ स्थित उपल्लो बजारबाट पक्राउ परेका हुन । पक्राउ पर्नेमा ३९ वर्षीय लाल बहादुर नेपाली, ५२ वर्षीय दल बहादुर बिक, अखिल भारत नेपाल एकता समाजका केन्द्रीय सदस्य ४६ वर्षीय सूर्य बहादुर थापा, ३५ वर्षीय सागर कुँवर र पार्टीका केन्द्रीय प्रतिनिधि नारायण सापकोटासहित १३ जना छन् ।
उनीहरूबारे अनुसन्धान भइरहेको एसपी ज्ञवालीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय छानबिनलाई फेसन नबनाउ : प्रधानमन्त्री
-
मुलुक ग्रे लिस्टमा अघिल्लो सरकारका कारण परेको हो : प्रधानमन्त्री
-
भारत–पाकिस्तानपछि रुस–युक्रेनबिच युद्धविरामको संकेत
-
मानव जाति र धर्तीको समस्या समाधान गर्न सगरमाथा संवाद : प्रधानमन्त्री ओली
-
राजावादीले जेठ १५ गतेदेखिको आन्दोलनमा उपत्यकाबाहिरबाट आन्दोलनकारी ल्याउने
-
भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन