बसले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान-श्रीमतीको मृत्यु
मङ्गलबार, २९ कात्तिक २०७९, १९ : २०
![बसले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान-श्रीमतीको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/dead-body-mrityu-laas_mbTGkSKGzK.jpg)
झापामा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । मंगलबार दिउँसो कन्काई नगरपालिका वडा नम्बर ७ स्थित दुर्गापुरमा को १ ख ६७९४ नम्बरको बसले मे ७ प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका वडा नम्बर ६ बस्ने नरेन्द्र मैनाली र पछाडी सवार उनकै श्रीमती सीतादेवी मैनालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते अवस्थामा उनीहरुलाई अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले बस चालक मोरङ सुन्दरहरैचाका भुपाल देवानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
५० लाख नगद र १६९ ग्राम सुनसहित ५ जना पक्राउ
-
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने
-
यस्तो छ एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी (नामसहित)
-
जसपाले लियो सरकारबाट समर्थन फिर्ता, मन्त्रीद्वारा राजीनामा
-
कोशी प्रदेशस्तरीय महिला फुटबल : इलाम र ताप्लेजुङ सेमिफाइनलमा प्रवेश