आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकपको २९० वटा टिकट बिक्री गर्ने एन्फाको निर्णय

मङ्गलबार, २९ कात्तिक २०७९, १७ : २१
मङ्गलबार, २९ कात्तिक २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप फुटबलको २९० वटा टिकट बिक्री गर्ने भएको छ । मंगलबार बसेको एन्फा कार्यसमितिको बैठकले नेपालले प्राप्त गर्ने विश्वकपका २९० वटा टिकट एन्फा कार्यसमिति, एन्फा सदस्य संस्था, फुटबल स्पोन्सर र शुभचिन्तकहरुलाई बिक्री गर्ने निर्णय गरेको प्रवक्ता सुरेश शाहले जानकारी दिए । 

बैठकले शहिद स्मारक ए डिभिजन लिग डबल राउन्ड रोविनका आधारमा सम्पन्न गर्ने र सचिवालयले ए, बी र सी डिभिजन क्लबसँग गरेको छलफल पछि गरेको प्रस्तावलाई अनुमोदन गर्ने निर्णय पनि गरेको छ । 
यस्तै ए डिभिजन क्लबहरुले विभिन्न स्कुलसँग सम्झौता गरी संचालन भइरहेको एकाडेमीहरुलाई विगतको सम्झौताको आधारले वार्षिक १०–१० लाख रुपैयाँ उपलब्ध गराउनेलगायतका निर्णय पनि एन्फाले गरेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप