बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

दैलेखलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्छौँ : प्रचण्ड

मङ्गलबार, २९ कात्तिक २०७९, १६ : ३७
मङ्गलबार, २९ कात्तिक २०७९

 नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले दैलेखलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताएका छन् । दैलेखको दुल्लूमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनले दैलेखको विकासका लागि गम्भीरता पूर्वक हेरिने बताएका हुन् । 

‘यो निर्वाचन विगतको जस्तो निर्वाचन होइन्, यो संविधानको रक्षा गर्ने र खोस्ने कसलाई भोट दिने भन्ने जनताको भागमा रहेको छ,’उनले भने,‘ दैलेखलाई पर्यटकीय क्षेत्रको रुपका विकास गर्ने गठबन्धनको ध्यान जाने छ ।’

साथै प्रचण्डले देशभरीको स्थिती हेर्दा गठबन्धनको जित सुनिश्चित रहेको दाबी गरे । ‘यो गठबन्धन शान्ति र संविधानका पक्षमा  भएको हुनाले जबसम्म संविधानमाथि हमला हुन्छ तबसम्म गठबन्धन कायम रहन्छ,’उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप